काेरिया सरकारद्दारा ९४ कन्सनट्रेटर हस्तान्तरण


काठमाडौं  । काेरियन सरकारले ३ सय ७८ मध्ये २ सय ८० अक्सिजन कन्सनट्रेटर  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाइ सहयोग गरेकाे छ । मंगलबार नेपालका लागि काेरियन राजदुत पार्क चाेङ् सुकले स्वास्थ्य मन्त्री उमेश श्रेष्ठलाई कन्सनट्रेटर हस्तान्तरण गरेका छन् ।

काेइकाले जम्मा ३ सय ७८ वटा कन्सनट्रेटर दिने बताएकाे छ । जस मध्ये २ सय ८० स्वास्थ्य मन्त्रालयलाइ र बाँकि विभिन्न अस्पतालमा दिने भएकाे हाे । मंगलबार ९४ वटा हस्तान्तरण भएकाे छ । अरु केही दिनमा आउने राजदूत सुकले बताए ।

काेइकाले जनाए अनुसार २८० मन्त्रालय, ३ मिथेनकाेट अस्पताल, १५ नेपाल काेरिया मैत्रि अस्पताल, १० त्रिशूली अस्पताल, २५ काठमाडौ विश्व विद्यालय, २५ धुलिखेल अस्पताल, १५ टिकापुर अस्पताल र ५ वटा मुगु अस्पताल पठाईने भएकाे छ ।

स्वास्थ्य मन्त्री उमेश श्रेष्ठले काेरिया सरकारले गरेकाे सहयोगका लागि धन्यवाद दिए । उक्त कन्सन्ट्रेटर प्रभावकारी रुपमा प्रयाेगमा ल्याईने बताए।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com