संसद् सचिवालयमा करारमा कर्मचारी भर्नामा चलखेलको आशंका, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले हटाएका कर्मचारी छानिए
काठमाडौं। संघीय संसद् सचिवालयमा करारका कर्मचारी भर्ना गर्दा चलखेलको आशंका भएको। विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिले निकालेका कर्मचारीलाई प्राथमिकतामा राखेको पाइन्छ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सव इन्जिनियर रहेका प्रमोद खतिवडा साउन्ड इन्जिनियरको संक्षिप्त सूचीमा परेका छन्। केन्द्रमा करिब ८ महिना करारमा जागिर खाएका अमृत नेपाल पनि साउन्ड इन्जिनियरको संक्षिप्त सूचीमा परेका हुन्। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा नेपालको मातहतमा काम गरेका खतिवडा पनि इन्जिनियरको संक्षिप्त सूचीमा परेका छन्।
अन्तर्राष्ट्रिय सम्मेलनबाट हटाएका करारका कर्मचारीलाई संसद् सचिवालयमा राख्न सेटिङ गरिएको चर्चाका बीच उनीहरू छनौट भएका हुन्। संसद् सचिवालयले करारमा ३८ जना कर्मचारी भर्ना गर्न खोजेको छ। उक्त विषयमा सभामुखले छानबिन गर्नु पर्ने आवाज उठ्न थालेको हो।


तपाईको प्रतिक्रिया दिनुहोस