ओम्नी घोटालामा संलग्नमाथि कारबाही हुने


 

काठमाडौं । सरकारले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारका पालामा ओम्नी समूहसँग स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानबिनगरी कारबाही गर्ने भएको छ । सरकारी कार्यदलका संयोजक पूर्णबहादुर खड्काले अघिल्लो सरकारले ओम्नीसँग स्वास्थ्य सामग्री किन्दा भएको अनियमितताबारे छानबिन गर्ने उद्‌घोष गरे ।

शेरबहादुर देउवा नेतृत्वको सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै खड्काले स्वास्थ्य सामग्रीमा भएका अनियमिततालाई छानबिन गर्ने र दोषी देखिएका व्यक्ति तथा संस्थाउपर कानुनी कारबाही गर्ने स्पष्ट पारे ।

ओम्नीसँग स्वास्थ्य सामग्री खरिद गर्दा तत्कालीन् स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, सचिव यादवप्रसाद कोइराला , स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ , सल्लाहकार खेम कार्की लगायतमाथि कारबाही हुने देखिन्छ । तत्कालीन् प्रधानमन्त्री केपी ओलीले ओम्नी घोटालामा संलग्नलाई संरक्षण गरेको आरोप लाग्दै आएको छ ।

आगामी असोजसम्म एक तिहाइ नागरिकलाई र चैतसम्म सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने पनि खड्काको भनाई छ । उनले नेपालमै खोप उत्पादनका लागि भ्याक्सिन ल्याब स्थापना गरिने बताए । स्वास्थ्यकर्मी, सफाइकर्मीलगायतलाई प्रोत्साहन भत्ता उपलब्ध गराइने, राष्ट्रसेवकलाई व्यक्तिगत सामग्री उपलब्ध गराउने, अस्पतालको भौतिक पूर्वाधारमा विकास गर्ने, कोरोना नियन्त्रणमा सचेतना बढाउने साझा कार्यक्रममा उल्लेख छ ।

क्याटेगोरी : समाचार
ट्याग : ##केपी शर्मा#ओम्नी समूहसँग स्वास्थ्य सामग्री खरिद

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com