भीमफेदी दुर्घटनामा १० जनाले गुमाए ज्यान
काठमाडौं। मकवानपुरको भीमफेदी सडक दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन्। काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको ‘ईभी’ गाडी भीमफेदीमा दुर्घटना हुँदा १० जनाले ज्यान गुमाएका हुन्। आधा दर्जन घाइते भएको प्रहरीले जनाएको छ।
मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ‘ईभी’ नजिकै सडकबाट आधा किलोमिटर तल खस्दा १० जनाले ज्यान गुमाएका हुन्। भाईटीका कै भोलिपल्ट ठूलो दुर्घटना भएको हो।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस