भीमफेदी दुर्घटनामा १४ जनाले गुमाए ज्यान


काठमाडौं। मकवानपुरको भीमफेदी सडक दुर्घटनामा १४ जनाले ज्यान गुमाएका छन्। काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको ‘ईभी’ गाडी भीमफेदीमा दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाएका हुन्। आधा दर्जन घाइते भएको प्रहरीले जनाएको छ।

मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ‘ईभी’ नजिकै सडकबाट आधा किलोमिटर तल खस्दा १४ जनाले ज्यान गुमाएका हुन्। भाईटीका कै भोलिपल्ट ठूलो दुर्घटना भएको हो।

मृत्यु हुनेमध्ये सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरटोलका २५-२६ वर्षीय सुवेक यादव, ८ वर्षीया शिक्षा यादव, ४ वर्षीया दिपिका कुमारी यादव, २५ वर्षीय सुवोध यादव, ११ वर्षीया अनु राय यादव, १५ वर्षीय रोहन यादव, २७ वर्षीय राम दुलार राय यादव, ३० वर्षीय गुड्ड राय यादव, २७ वर्षीया गायत्री देवी यादव र २७ वर्षीया पुनम यादव रहेका छन् ।

त्यस्तै, सर्लाहीको कबिलासी नगरपालिका-८ का ३० वर्षीय चालक रवि शंकर कुमार मण्डलको पनि दुर्घटनामा मृत्यु भएको हो। ६ जना घाइतेको उपचार भइरहेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ