नक्कली शैक्षिक प्रमाणपत्रधारी फेटा गाउँपालिका रोजगार संयोजक गिरी अख्तियारको फन्दामा


काठमाडौं। नक्कली शैक्षिक प्रमाणपत्रधारी फेटा गाउँपालिका रोजगार संयोजक ओमप्रकाश गिरी (करारका अधिकृत) अख्तियारको फन्दामा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोजगार संयोजक गिरीले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाएको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भ्रष्टाचार मुद्दा लागेसँगै उनी स्वत: निलम्बित भएका हुन्।

गिरीले स्नातक तहको अर्काको शैक्षिक प्रमाणपत्र पेस गरेको अधिकृत सरहको जागिर खाएको अख्तियार आरोप छ। गिरीले स्नातक तह (बिएड)को अर्कै व्यक्तिको शैक्षिक प्रमाणपत्र नक्कली बनाएर पेस गरी जागिर खाएको तथ्य फेला परेको हो। नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाने गिरी भ्रष्टाचार मुद्दामा डामिएका हुन्।

 

क्याटेगोरी : समाचार
ट्याग : #ओमप्रकाश गिरी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ