मेडिकल काउन्सिल ‘डाटा चोरी’ प्रकरण

अध्यक्ष र रजिष्ट्रारसमेत संलग्नाता भएको चिकित्सकको आरोप, छानबिन गर्न सिआइबी, स्वास्थ्य र गृह मन्त्रालयलाई आग्रह


काठमाडौं । चुनावी प्रचारलाई लिएर नेपाल मेडिकल काउन्सिलबाट ‘डाटा चोरी’ भएको तथ्यबाहिर आएपछि चिकित्सकहरुले चौतर्फी बिरोध गरिरहेका छन् । काउन्सिललाई बुझाएको आफ्ना गोप्य विवरणहरू चोरी भएको आशंका गर्दै चिकित्सकले काउन्सिल पदाधिकारीमाथि कारबाहीको माग गर्न गरेका छन् ।

चिकित्सकहरुले नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको व्यक्तिगत विवरणको दुरूपयोग भएको भन्दै प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी) स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयमा उजुरी दर्ता गरेका छन् ।

बरिष्ठ चिकित्सक तथा नेपाल मेडिकल काउन्सिलका सदस्य पदका उम्मेदवार डा. कुम्भराज जोशीले तीन निकायलाई सत्यतथ्य छानबिन गर्न आग्रहसहित निवेदन दिएका छन् । काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, रजिष्ट्रास्टार डा. कृष्ण अधिकारीलगायत केही पूर्व पदाधिकारीको मिलेमतोमा तीन उम्मेदवार डा. कालुसिंह खत्री, डा. तोशिमा कार्की र डा. लवकुमार शाहले काउन्सिलको गोप्य डाटा दुरूपयोग गरी चिकित्सकहरुसँग भोट मागेको आरोप छ ।

काउन्सिलको सम्पूर्ण डाटा रजिष्ट्रारसमक्ष हुन्छ । आरोप लागेका व्यक्तिहरु जिताउँन रजिष्ट्रार लागेको आरोप बरिष्ठ चिकित्सकहरुको छ । पछिल्लो समय नेपाल मेडिकल काउन्सिल सिनियर चिकित्सक भन्दा पनि जुनियर चिकित्सकको नेतृत्व हाबी हुदा विवादित बन्दै जान थालेको छ ।

डा. जोशीले यस अगाडी पनि सत्य तथ्य सार्वजनिक गर्न काउन्सिललाई ज्ञापन पत्र दिएका थिए । तर, काउन्सिलका पदाधिकारी सत्य कुराबाहिर ल्याउँदा आफै फस्ने भएपछि छोटो सूचना पठाउनका लागि प्रयोग गरेको आइटी कम्पनी सिरान टेकसँग मिलेर प्रमाण लुकाउनेतर्फ उद्धत भएका थिए । जसले गर्दा तीन दिनमा लिखित जवाफ दिन अनुरोध गरेको काउन्सिलले पाँच दिनमा पनि पाएन ।

काउन्सिल निर्वाचनको मतदान मंसिर १० र ११ गते हुँदैछ । काउन्सिलले दर्ता भएका चिकित्सकहरुलाई छोटो सूचना पठाउनका लागि एक आइटी कम्पनीबाट फोन म्यासेस सेवा लिएको स्वीकार गरेको छ । ३७८८८ नम्बर बाट पठाउने गरेको म्यासेज तीन चिकित्सकले पनि सोही नम्बरबाट भोट मागेपछि विवाद भएको थियो । तर, विवाद भएपछि काउन्सिलले उक्त नम्बर पुरानो भएको र हाल उक्त नम्बर प्रयोग नभएको भन्दै तीन चिकित्सकको बचाउँ गरेको छ ।

काउन्सिलले बचाउ मात्रै गरेन तीन चिकित्सक र कम्पनीको नाम उचारणसमेत गर्ने हिम्मत गरेन । काउन्सिलबाट सत्य तथ्य तथा स्पष्ट जवाफ नआएपछि उजुरी दर्ता गरेको डा. जोशीले बताए । ‘नेपाल मेडिकल काउन्सिलको तथ्यांक चोरी भएको बिषयमा सत्यतथ्य उजागर होस् भनि काउन्सिलमा दर्ता गरेको निवेदन दिएको उपर छानबिन र काम कारबाही छिट्टो होस् भनि निवेदन पेश गरेको छु,’ डा. जोशीले पत्रमा उल्लेख गरेका छन् ।

सन् २०१६ क्याम्ब्रिज एनालिटिका अमेरिकी राष्ट्रपतिको उम्मेदवार डोनाल्ट ट्रमलाई जिताउन यसरी नै काम गरेपछि फेसबुकलाई ५ अर्ब डलर जरिवाना गरिएको थियो । तर मेडिकल काउन्सिलको एसएमएस काण्डमा सिरान टेकलाई त्यत्ति कै छाडिएको छ ।

फेसबुकको डाटा दुरुपयोग भएको आरोप लागेपछि अमेरिकाको ‘फेड्रल ट्रेड कमिसन’ (एफटिसी)ले अनुसन्धान गरेको थियो । तर, नेपाल मेडिकल काउन्सिलको ‘डाटा चोरी’ आरोपको काण्डमा काउन्सिल आफैंले आकस्मिक बैठक बोलाएर एउटा विज्ञप्तिको भरमा क्लिन चिट दिन खोजिएको छ । यसले मेडिकल काउन्सिलको भूमिकामाथि गम्भीर पश्न खडा भएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com