राजा ज्ञानेन्द्रदेखि राष्ट्रपतिसम्मको स्वास्थ्य हेरेका भाग्यमानी चिकित्सक भट्ट

जीवन, भोगाई, पेशा र प्यासेन्टकोबारेमा उनी स्वास्थ्य लाइभसँग यसरी खुले


काठमाडौं । मैलें चिकित्सा पेशामा आवद्धता हुन मेहनत मात्रै गरेको हुँ । एक किसिमको ज्ञान हासिल गरेपछि त्यसलाई व्यवहारमा परिणत गर्दै सफल तुल्याउनु वास्तममा आफैंमा भाग्यमानी ठान्छु । सामान्यदेखि उच्च ओहदाका व्यक्तिहरुसम्मको स्वास्थ्य उपचारमा मेरो प्रत्यक्ष संलग्नता रहेको छ ।

Yadav BHATTA

मैंले सर्वसाधारण बिरामी असाध्यै कम हेरेको छु । गरिब बिरामीको सेवा गर्नुपर्छ भन्ने भावनाले हप्तामा एकपटक शिक्षण अस्पताल महाराजगञ्जमा भिजिटरका रुपमा जाने गरेको छु । उच्च तहका व्यक्तिको उपचार गर्दा विभिन्न सञ्चार माध्यममा आउँछ । सर्वसाधारणको आउँदैन फरक यति मात्रै हो । तर, उपचार प्रक्रिया सबैको एउटै हुन्छ । उपचार गर्न आउने बिरामी चिकित्सकको दृष्टिमा बराबर हुन्छ ।

मेरो बानी पनि त्यती धेरै मिडियामा आओस् भन्ने छैन । त्यसैले साना ठूलो जो कसैको सेवा गर्दा पनि मेरो काम गर्ने शैलीमा कुनै फेरबदल हुँदैन । म सन् २००४ मा नेपाल आएको हुँ । २१ वर्षदेखि बिरामीको सेवामा अनवरत रुपमा लागिरहेको छु ।

चिकित्सक पेशा भनेको काम गरेर प्रुफ गर्नैपर्छ । त्यसका लागि सर्वसाधारण बिरामीमा जानुको विकल्प हुँदैन । एक-दुईवटा केस राम्रो हुँदै गएपछि एकले अर्कालाई भन्दै जाँदा त्यो चिकित्सकको चौतर्फी प्रचार-प्रसर  हुने हो । सुरुमा मैलें पनि एक-दुईजना बिरामी मात्रै हेर्ने गर्थे । अहिले कसैको पनि मुटुको समस्या हुनासाथ मलाई बोलाउँछन् ।

यस्तो नतिजा एक दिनमा प्राप्त हुँदैन । सुखद् नतिजाका लागि १८-२० वर्ष कुर्नुपर्छ । मुटुको उपचार जटिल भित्र पर्छ । तर, नेपालका मुटु शल्यचिकित्सकहरुले आशा मारिसकेका कयौं बिरामीहरुलाई बचाएर मुटु रोगको उपचारमा आफूलाई अब्बल साबित गरेका छन् ।

महिनामा ३-४ जना हृदयघातका बिरामी आउँछन् । यस्ता बिरामीको तत्काल मुटुको बन्द भएको नसा खोल्नुपर्छ । हृदयघात भएको बिरामीको सोही बेला बन्द भएको नसा खोल्नुपर्छ । हृदयघात भनेको मुटुको नसा बन्द हुने र त्यहाँको रगत अन्त जान नसक्ने अवस्था हो । मुटुको खाना भनेको रगत हो । रगत जाम भएर मुटुले खान नपाए पछि क्रमशः सुक्दै जान्छ । हरेक सेकेन्डमा मुटुको मासु मर्दै जान्छ । त्यसैले जति छिटो नसा खोल्यो बिरामी बााँच्ने सम्भावना त्यति बढी हुन्छ ।

७०-८० वर्षको बिरामी हृदयघात भएर आएपनि खासै ठूलो चिन्ता हुँदैन थियो । तर, अहिले ३०-३५ वर्षका तन्नेरी युवाहरु हृदयघात भएर अस्पताल आउँने गरेका छन् । मेडिकल साइन्सले सेवा सुबिधा उपलब्ध हुनु र परिक्षणले समस्याहरु पहिचान गर्न सहज भएको छ । त्यस्तै मानिसहरुको अस्वस्थकर खानपान पनि यसको मुख्य कारण हो । विज्ञानले एकपटक अस्वस्थकर खानपानबाट उब्जिएको स्वास्थ्य समस्या पहिचान गरेपश्चात मानिसहरु पुनः स्वास्थ्यकर खानपानतर्फ फर्केने पनि बताउँने गरेको छ । एक जनेरेसनमा परिवर्तन नहुन सक्छ यसका लागि एक-दुई जेनेरेसन जान सक्छ । हाल पश्चिमा देशहरुमा अस्वस्थकर खानपानबाट अहिले स्वस्थकर खानपानमा जोड दिन थालेका छन् । स्वस्थकर खानपानबाट हृदयघात घट्नुका साथै क्यान्सर, पार्किन्सन जस्ता रोगहरु बढ्ने विज्ञानले बताउँछ र हामी यही फेजमा छौं ।

उच्च तहका व्यक्तिको उपचार गर्दा होहल्ला बढी हुन्छ 

सर्वसाधारण र उच्च ओहदाका व्यक्तिको उपचार गर्ने तरिका एउटै हुन्छ । फरक यति हुन्छ उच्च तहका व्यक्तिको होहल्ला बढी हुन्छ भने, सर्वसाधारणको सीमित मान्छे र परिवारका सदस्यबाहेक अन्यलाई जानकारी हुँदैन । होहल्लाकोबीचमा उपचार गर्नुपर्ने भएकाले केही भए के होला भन्ने डर चै मनमा कताकता पसेको हुन्छ ।

राजा ज्ञानेन्द्र र पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको स्वास्थ्य बाहिर आएको जस्तो खराब पनि थिएन । उहाँहरु भन्दा धेरै जटिल अवस्थाका बिरामी अस्पताल आइपुग्छन् तर, पनि हामीले बचाएर घर पठाएका छौं । उहाँहरुको उपचार तनाव रहित थियो । तनाव त त्यस्तो बेला हुन्छ डाक्टर साब हामीलाई मान्छे जस्तो थियो त्यस्तै अवस्थामा चाहिन्छ भनेर आउँछन् ।

एजुकेशन कम भएको व्यक्ति र धेरै पढेलेखेको व्यक्ति भएको खण्डमा उपचार गर्न समस्या हुन्छ । तर, ज्ञानेन्द्र र सूर्यबहादुर थापाको केसमा परिवार र आफन्तबाट पनि कुनै दबाब थिएन । जुन बिरामीको मान्छे कचकच गर्दैन त्यसको आउटकम राम्रो हुन्छ तर, जसले उपचारको समयमा चिकित्सकसँग बढी कचकच गरेको हुन्छ, चिकित्सक तनावमा भएकाले उसको आउटकम सोचेको जस्तो नआउँन पनि सक्छ ।

विश्वास नभएका मानिसले चिकित्सकसँग उपचारमा जानु राम्रो हैन । विश्वास नलाग्ने चिकित्सकसमक्ष उपचार गर्न पहिलो कुरा जानै हुँदैन । यदी गएपछि अविश्वास गर्नु हुँदैन । बिरामी बचाउँने कुरा सतप्रतिशत चिकित्सकको हातमा हुँदैन । चिकित्सकले पढेका कुरालाई नियमअनुसार काम गर्ने मात्रै हो ।

मैले सबैभन्दा पहिलो भिआईपी बिरामी भनेको तत्कालीन राष्ट्रपति डा. रामवरण यादवको उपचार गरेको हुँ । त्यसबेला उहाँ राष्ट्रपति हुनु भएको थिएन । तर, राष्ट्रपति भएपछि पनि नियमित मैलें हेर्दै आएको छु ।  वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको पनि मैलें नै स्वास्थ्यको हेरचाह तथा परामर्श गर्दै आएको छु । अहिले सबै जना उच्च व्यक्तिहरु आउनु हुन्छ । उच्च व्यक्तिको उपचार गर्दा रिजल्ट बिग्रियो भने बदनाम हुने होकी भन्नेबाहेक केही चिन्ता हुँदैन ।

परिवारमा हृदयघात भए सन्तानलाई पनि ढिलो चाँडो हुन्छ

राज परिवारमा हृदयघात हुनुमा पारिवारिक हिस्ट्री छ, जुन असाध्यै नराम्रो हो । हृदयघातको रोग हुनुमा रिक्स फ्याक्टर हुन्छ । कुनै पनि व्यक्तिलाई सुगर, उच्च रक्तचाप, पारिवारिक हिस्ट्री, चुरोट सेवन, कोलस्ट्रोल उच्च छ भने हृदयघात हुने सम्भावना बढी हुन्छ । यसलाई मेडिकल साइन्सले प्रमाणित गरेको छ । यसमध्ये पनि पारिवारिक हिस्ट्री बढी हुन्छ । ढिलो चाँडो मात्रै हो परिवारमा हृदयघातको समस्या भए सन्तानलाई पनि हुन्छ । आफ्नो आनिबानीलाई राम्रो सुधारेको अवस्थामा ढिलो हुन्छ तर, हुन चै हुन्छ । नेपालमा पारिवारिक हिस्ट्रीबाट हृदयघात हुनेहरुको संख्या कम छ ।

छोरा मान्छेलाई हृदयघातको जोखिम बढी 

छोरी मान्छेलाई भन्दा छोरा मान्छेलाई हृदयघात हुने सम्भावना बढी हुन्छ ।  महिनावारी हुने अवधिसम्म छोरी मान्छेहरूमा हृदयघातको सम्भावना न्युन हुन्छ तर, महिनावारी रोकिएपछि पुरुष र महिलाको जोखिम उस्तै हुन्छ ।

कसरी थाहा पाउने त हृदयघात भएको ?

हृदयघातले कुनै पनि बेला मानिसलाई झुक्याउन सक्छ । ठूल्ठूला  चिकित्सक नै ग्यास्ट्रिक भनेर बस्दा हृदयघातको सामाना गर्नुपरेको छ । नेपालमा धेरै मानिसहरुमा ग्यास्ट्रिकको समस्या रहेको छ । ग्यास्ट्रिक भएकै मानिसहरुलाई हृदयघातले झुक्याइरहेको छ ।

विगतमा हुने ग्यास्ट्रिक भन्दा फरक अनुभव भएमा, धेरै बेरसम्म कठिन भएमा नजिकको स्वास्थ्य सस्थामा गएर जचाँउनु पर्छ । तर, हृदयघातको मात्रै लक्षण भन्न सक्ने अवस्था छैन ।

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ