प्रविधि मैत्री बन्यो ट्रमा सेन्टरः घरमा बसेर स्वास्थ्य सेवा
 
	
                                            काठमाडौं । जनसेवाका क्रममा हुने ढिलासुस्ती, अनियमितता, भ्रष्ट्राचार न्यूनिकरणका लागि राष्ट्रिय ट्रमा सेन्टरले प्रविधि मैत्री सेवा सुरु भएको छ । पहिलो चरणमा अस्पतालले प्रयोगशाला परिक्षणबाट सुरु गरेको जनाएको छ । अस्पतालका निर्देशक डा प्रमोद जोशीले जनताको सहज सेवाका लागि प्रयोगशाला परिक्षणबाट प्रविधि मैत्री सेवाको सुरु गरेको बताए ।
‘विगतमा पनि सेवामा कुनै समस्या थिएन डा जोशीले भने, ‘तर अहिले प्रविधिको विकास सँगसँगै हामीले सेवालाई डिजिटलाइज बनाउँनु पर्छ भन्ने सोचेर अगाडी बढेका हौं ।’ यसले सेवालाई थप चुस्त मात्र बनाउँदैन ट्रमा सेन्टर भित्र भएका चुहावटलाई समेत नियन्त्रण गर्छ निर्देशक जोशीले भने ।
प्रविधि मैत्री सेवा मार्फत ट्रमा सेन्टरमा उपचार गराउँन चाहने कुनै पनि बिरामीले अस्पतालमा गएर समय लिनु पर्ने छैन । टिकल घरबाट काटे मात्रै पुग्छ । तर, प्रयोगशाला बाहेकको सेवा प्रविधि मैत्री बन्न भने केही दिन समय लाग्ने भएको छ । आइटी टिमबाट काम भइरहेकाले केही दिनमा अन्य टिकटको पनि सुरुवात हुने छ ।
प्रयोगशालाबाट सुरु गरिएको सेवालाई क्रमश बढाउदै लैजाने र अस्पताललाई पूर्णत प्रविधि मैत्री बनाउँन प्रशासन लागी परेको छ । अस्पताल सरसफाइ मैत्री हुनुपर्छ भन्ने पहिलो मान्यता अनुसार त्यसमा पनि काम अगाडी बढेको छ । त्यसको व्यवस्थापन गर्दै अस्पताल वरिपरी बगैचा बनाइएको छ जोशीले भने ।
क्याटेगोरी : समाचार
 
                            
                             
				 
				 
				 
				 
				 
				 
				 
				
 
             
             
             
             
             
            
तपाईको प्रतिक्रिया दिनुहोस