डा. चन्दा कार्कीको नाम राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकमा


काठमाडौं । वरिष्ठ चिकित्सक चन्दा कार्कीको नाम राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकको बन्दसूचीमा परेको छ । निर्वाचन आयोगले आज सार्वजनिक गरेको समानुपातिकको बन्दसूचीमा प्रा.डा. कार्कीको नाम खस आर्य महिलाको १ नम्बरमा पर्न सफल भएको छ ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक बन्दसूचीमा नाम परेको महोत्तरीकी डा. कार्की आफ्नाे क्षेत्रमा प्रतिष्ठित चिकित्सकको रुपमा परिचित छिन् । काठमाडौं मेडिकल कलेजको प्रमुखको भूमिकामा समेत काम गरिसकेकी उनलाई घण्टी चुनाव चिन्ह रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले योगदानको कदर गर्दै समानुपातिकमा राखेको हो ।

नेपाल चिकित्सक संघले हालै सम्पन्न गरेको दोस्रो ‘एनएमए नेसनल हेल्थ समिट’को संयोजनको भूमिकामा रहेकी डा. कार्की समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रयासमा छिन् । ‘एनएमए नेसनल हेल्थ समिट’लाई सफल पार्न विशेष भूमिका खेलेकी डा. कार्कीको सांसद बन्ने सपना पूरा हुने नहुने आगामी मंसिर ४ मा हुने निर्वाचनले निर्धारण गर्छ ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #प्रा. डा. चन्दा कार्की, #राष्ट्रिय स्वतन्त्र पार्टी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com