एन्टिवायोटिकले विस्तारै काम नगर्ने हुँदा त्यसको विकल्पमा कुखुरामा प्रो-वायोटिक पत्ता लगाउने काम गर्दैछौं : स्पेनिस प्रोफेसर

'जनवार र मानिसबीच निकट सम्बन्ध रहेकाले कोरोना जस्ता महामारीको जोखिम पाइला-पाइलामा छ'


काठमाडौं नेपालमा पछिल्लो समय दैनिक उपभोग्य वस्तुमा कुखुराको मासु अन्य मासुको तुलनामा बढी खपत हुने गरेको । तर, अधिकांशको भान्छामा पाक्ने यहीं कुखुराको मासु सोचेजस्तो स्वच्छ भने पटक्कै छैन । मासु खाने नाममा नेपालीहरु बिष खाइरहेका छन् । विभिन्न प्रयोगशालाहरुले कुखुराको मासुमा एन्टिवायोटिकको प्रयोग अत्याधिक भएको देखाएका छन् ।

काठमाडौं, भक्तपुर र ललितपुर तथा चितवनमा कुखुराको मासुको नमूना परीक्षण गर्दा अत्याधिक मात्रामा एन्टिवायोटिक प्रयोग भएको पाइएको हो । कुखुराको मासुमा एन्टिवायोटिकको अवशेष भेटिएपछि यसले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने एक अनुसन्धान संस्था सेन्टर फर डायनामिक नेपालका कार्यकारी निर्देशक डा. दिवेश कर्मचार्य बताउँछन् । उनकाअनुसार बेलैमा यसलाई रोक्न र नयाँ तरिकाबाट मासुको प्रयोग हुन आवश्यक रहेको छ ।

अधिकारीहरु भन्छन्, ’कुखुरामा रोग लाग्नबाट रोक्न र महामारीको सम्भावित प्रकोप रोक्ने प्रयोजनका लागि एन्टिवायोटिकको प्रयोग गरिन्छ ।’, यसबाहेक सम्भावित रोग र महामारी रोक्न दानामै पनि एन्टिबायोटिक प्रयोग गर्ने गरेको देखिएको छ । यसले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारिरहेको कर्मचार्य बताउँछन् ।

एन्टिवायोटिक प्रयोग भएको खाद्य वस्तुको उपभोगले क्यान्सर जस्तो घातक रोगको जोखिम समेत निम्तिने विज्ञहरू बताउँछन् । विश्वमा वर्ड फ्लु र यसको जोखिमबारे जारागोजा विश्वविद्यालय स्पेनका भेटेरिनरी चिकित्सक क्रिश्चियन गोटाआसँग गरेको कुराकानी :

बर्ड फ्लुको भ्याक्सिन नेपाल जस्तो देशमा कति आवश्यक छ , यसमा राज्यको ध्यान जानु पर्दैन, के विश्वमा अब वर्ड फ्लुले कुनै समय महामारी ल्याउन सक्छ ?

महामारी ल्याउन सक्छ । बर्ड फ्लु र यी जस्ता थुप्रै भाइरसहरु विश्वमा देखा परेका छन् । यिनीहरुले कुनै पनि समय विश्वमा महामारीको रुप लिन सक्छ । यो संक्रमित भाइरसबाट हुने भएकाले सबैभन्दा ठूलो कुरा भनेको रोकथाम तथा नियन्त्रण हो । तर, यसका लागि उच्चस्तरको अनुसन्धान आवश्यक हुन्छ । वर्ड फ्लु कुखुरामा लागेपछि मानिसमा पनि लाग्ने सम्भावता बढी हुन्छ । त्यसैले वान हेल्थ (एक स्वास्थ्य नीति)का माध्यमबाट नियन्त्रणमा ल्याउनु पर्छ । जसका लागि राज्यले मानव र जीव दुवैलाई एउटै रुपमा हेरेर नीति निमार्ण बनाउन आवश्यक देखिएको छ ।

विश्वमा मानिसबाट जनावरमा भाइरस सरेको घटना कतिको याद छ ?

अहिले हामीले मानिस केन्द्रित अध्ययन अनुसन्धानलाई अगाडि बढाएका छौं । मानिसहरुबाट जनावरमा भाइरस सरेपछि त्यसले अर्कै रुप लिन्छ । जस्तो डेल्टाबाट ओमिक्रोन निस्कियो । यो मानिसहरुबिचमा मात्रै अदान प्रदान भएको छ । तर, मानिसबाट जनावरमा यहीँ कोरोना पनि सरेर अर्को डरलाग्दो रुप पनि ल्याउन सक्छ ।

भाइरसले आफ्नो स्वरूप परिवर्तन हुँदै जाँदा मानव जगत् र विज्ञानले यसको सामना कसरी गर्ला ?

जब पृथ्वी सेलाउँदै आयो, सूक्ष्म जीवाणुहरूले पनि आफूलाई त्यहीँ अनुकूल बनाउँदै लगे । यिनीहरू आफू बाँच्ने क्रममा आफ्नै स्वरूप परिवर्तन गर्दै जान्छन । प्रकृतिमा बाँच्नकै लागि स्वरूप परिवर्तन गरिरहन्छन ।

प्रकृतिमा आफू बाँच्न र अरूले नमारून् भन्नका लागि भाइरसले आफ्नो स्वरूप परिवर्तन गर्छन । जब मानिस र जनावरबीचको तीव्र प्रतिस्पर्धा सुरु भएको छ, यस्ता महामारी उब्जाउने भाइरसहरु प्रकृतिबाट मानिससम्म आइपुग्छन । मानिसमा आइपुग्दा उनीहरू बाँच्न सक्ने भएर आउँछन् र मानिसलाई संक्रमण गराउँछन ।

भाइरसहरु मानव जीवनबाट हराउन खोजेको छैनन् । त्यसैले अहिले विज्ञानले कस्तो अवस्थामा हराउँछ भन्न सक्ने अवस्था पनि छैन । विज्ञान र चिकित्साशास्त्रका लागि निकै ठूलो चुनौतीको विषय हो ।

आगामी दिनमा कस्ता भाइरस आउँने जोखिम दिख्नुहुन्छ ?

विगतका भाइरसहरुबारेमा वैज्ञानिकहरुलाई जति जानकारी थियो, अहिलेको भाइरसकाबारेमा विश्व अनभिज्ञ छ । तर, यति भन्न सकिन्छ, अहिले जसरी मासुलगायत विभिन्न खाद्य वस्तुमा एन्टिवायोटिकको प्रयोग भइरहेको छ, यो संसारका लागि ठूलो चुनौती बनेको छ ।

एन्टिवायोटिकको प्रयोगले कुनै समय हालको कोरोनालेभन्दा ठूलो क्षति गराउन सक्छ । एन्टिवायोटिकको विकल्प के हुन सक्छ ?

सबैभन्दा पहिला हामीले एन्टिवायोटिकको प्रयोग नै गर्न नहुनेतर्फ ध्यान केन्द्रित गराउँनु पर्छ । नेपालका फार्महरु फोहोर हुने भएकाले त्यस्ता निकायमा एन्टिवायोटिक प्रयोग नगरी कुखुरा बचाउन सक्ने अवस्था छैन ।

त्यस्तो एन्टिवायोटिक प्रयोग गरेको कुखुराको मासु आम नागरिकले खाइरहेका छन् । एन्टिवायोटिक प्रयोग गरेको कुखुराको मासु खाँदा मानिस बिरामी हुँदा खाने एन्टिवायोटिकले बिस्तारै काम गर्न छाड्छ । अहिले ‘प्रो–वायोटिक’ भन्ने औषधि आएको छ । हाम्रो शरीरभित्र धेरै प्रकारको ब्याक्टेरिया हुन्छ तर, धेरैले सहयोग गरिरहेको हुन्छ भने कुनैले रोग लगाउँछ । त्यही हानी गर्ने ब्याक्टेरिया धपाउने विधिलाई ‘प्रो–वायोटिक’ भनिन्छ ।

‘प्रो–वायोटिक’ कहिले आउँछ ?

अहिले उत्पादन सुरु भइसकेको छ । बायोभ्याकले ८ वटा ब्याक्टेरिया पत्ता लगाइसकेको छ । पहाडमा भएका कुखुरा जसले एन्टिवायोटिक खाएको हुँदैन त्यस्ता कुखुराको पेटभित्र भएका एन्टिवायोटिकविरुद्ध लड्ने ब्याक्टेरिया पत्ता लगाएर प्रो–वायोटिक बनाइएको हो ।

कोरोना, सार्स, मर्स वर्ड फ्लु, स्वाइन फ्लु जस्ता करोडौं भाइरसहरु संसारमा छन् । यी भाइरस मानिससम्म कसरी आइपुग्छन् ?

धेरैजसो भाइरसहरु जनावर र मानिसहरुको दूरी नजिक भएरै सर्ने हो । विश्वका मानिसहरुको खानपान फरक–फरक छ । मासिनले जनावरको मासु खाँदा त्यसको शरीरमा भएको भाइरस मानिसमा प्रवेश गर्ने र त्यसले स्वरुप परिवर्तन गरी कुनै कुनै भाइरसले महामारीको रुप लिएको छ । अझ पछिल्लो सयम जनावर र मानिसबिचमा आपसी दूरी ज्यादै कम हुँदै गएकाले यस्ता प्रकारको भाइरसको जोखिम पाइला पाइलामा छ ।

विश्वमा मानिसहरुको जनसंख्या धेरै भएको छ । आहारा पनि बढ्दै गएको छ । ठूलो जनसंख्याको माग धान्न पनि पशुपक्षीको संख्या बढाउनु पर्ने देखियो । यसका लागि छिटो संख्या बढाएर माग धान्ने एउटा मात्रै विधि भनेको एन्टिवायोटिक प्रयोग हो । तर, यसले दीर्घकालमा ठूलो जोखिम निम्त्याउने छ ।

स्पेनबाट नेपालमा आउनुको उदेश्य के हो ?

हामी नेपालमा आउँनुको मुख्य कारण भनेको खानेकुरामा बढ्दै गएको एन्टिवायोटिक प्रयोग रोक्न सकिन्छ की भनेर हो । साथै स्पेन र नेपालमा संयुक्त रुपमा यसको अध्ययन भइरहेको छ । त्यसैले पनि हामीले नेपालमा आएर यसको अध्ययन अनुसन्धानमा जोडिएका हौं । बायोभ्याकसँगको सहकार्यमा हामी यो अनुसन्धान गरेर एउटा निचोड निकाल्ने प्रयासमा छौं ।

‘पोल्ट्री’ व्यवसायमा एन्टिवायोटिकको प्रयोग बन्दै गएकोमा एन्टिवायोटिक प्रतिरोध गर्ने ब्याक्टेरियाको उत्पत्ति हुन सक्ने सम्भावना हुन्छ र अहिले त्यसको संकेतहरू पनि देखा परेको अवस्था छ । यसको रोकथाम तथा नियन्त्रणका लागि वायोभ्याक र स्पेनको विश्वविद्यालयको सहकार्य भएको हो । त्यहीँ हो नेपाल आउनुको मुख्य उद्देश्य ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, अन्तर्वार्ता
ट्याग : ##Biovac, ##christian gortazar, ##CMDN, ##josedejesus fuente, ##mohp nepal, ##SPAN

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com