विश्व अटिजम दिवस

नेपालका ३ लाख बालबालिका अटिजमका कारण प्रभावित


काठमाडौं । विश्व अटिजम दिवसको अवसरमा विभिन्न सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको छ ।

अटिजमको क्षेत्रमा काम गर्दै आएका विभिन्न सङ्घसंस्थाहरूले आयोजना गरेको कार्यक्रममा अटिजम के हो ? यसले कसरी बालबालिका प्रभावित भइरहेका छन् ? कसले कस्तो भूमिका निर्वाह गर्ने ? लगायतका विषयमा छलफल गरिएको छ ।

छलफलको क्रममा विश्वको कुल जनसङ्ख्याको १ प्रतिशत र नेपालमा करिब तीन लाख बालबालिका अटिजमको शिकार बनिरहेका पाइएको छ ।

छरछिमेकीले सल्लाह दिँदासमेत त्यस्तै हो मेरो पनि ढिलो बोलेको, ढिलो हिँडेको, अलिक पछाडि मात्र पढ्न थालेको जस्ता जवाफ दिने गर्छन्, जसले अटिजम भएको ढिलो पत्ता लाग्ने र समाधानमा  कठिनाइ आउने गरेको अनुभव सरोकारवालाहरूले सुनाएका छन् ।

अटिजमका लक्षण र रोकथामका उपाय :
– साथीभाइलाई धकेल्ने, कुटपिट  गर्ने
– सिधा आँखा जुधाएर गफ गर्न नसक्ने
– रोइरहने
– एउटै खेलौनासँग धेरैबेरसम्म खेलिरहने
– कुनै क्रियाकलाप गर्दा एकोहोरिने
– आफूलाई चोटपटक लागेको थाहा नपाउने
– पढाइलेखाइमा ध्यान केन्द्रित नहुने
– अरुलाई हानि पुर्या उने गतिविधि गर्ने
– बोलेर आफ्ना कुराहरु व्यक्त गर्न नसक्ने
– मनमा लागेको कुरा भन्न नसक्ने
– साथीभाइसँग दोहोरो सञ्चार गर्न नसक्ने

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com