स्वास्थ्य र शिक्षामा योगदान पुर्‍याउने शालिकराम खत्री अरुण गाउँपालिका अध्यक्षमा उम्मेदवार


काठमाडौं । स्वास्थ्य र शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने शालिकराम खत्रीलाई नेपाली कांग्रेसले अरुण गाउँपालिकाको अध्यक्षमा टिकट दिएको छ ।

याङ्गपाङ्ग स्वास्थ्य चौकीको संरचना निर्माणदेखि कटका माध्यामिक विद्यालय याङ्गपाङ्गको व्यवस्थापन गर्न अब्बल भूमिका खेलेका खत्रीलाई कांग्रेसले अरुण गाउँपालिकाको अध्यक्षमा अघि सारेको हो ।  स्थानीयस्तरका हरेक विकासका कार्यक्रममा सक्रिय सहभागिता र परिणाममुखी काम देखाउँदै आएका उनी अरुण गाउँपालिकाको विकासमा समेत सफल हुने नेपाली कांग्रेस भोजपुरको ठम्याई छ ।

स्वास्थ्य, शिक्षा, रोजगारी, सडक, पुललगायतका भौतिक पूर्वाधार विकासमा पनि खत्रीले नयाँ आयाम थप्न सक्ने भन्दै नेपाली कांग्रेसले उनलाई अरुणको नेतृत्वमा अघि सारेको छ ।

त्यस्तै अरुण गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसले विनिता ढकाललाई टिकट दिएको छ । ढकाल अरुण गाउँपालिकाको निर्वतमान उपाध्यक्ष हुन् ।

यता नेकपा एमालेले भने अरुण गाउँपालिकाको अध्यक्षमा नारायण घिमिरेलाई लडाएको छ । घिमिरे यसअघि पनि कांग्रेसकै गजेन्द्र कार्कीसँग चुनाव  लडेर हारेका व्यक्ति हुन् । उनलाई फेरि एमालेले टिकट दिएको हो । एमालेले गाउँपालिका उपाध्यक्षमा कविता राईलाई टिकट दिएको छ । राई अघिल्लो पटक कांग्रेसकी ढकालसँग उपाध्यक्षमा पराजित भएका व्यक्ति हुन् ।

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #अरुण गाउँपालिका, #कविता राई, #कांग्रेस Vs एमाले, #नारायण घिमिरे, #विनिता ढकाल, #शालिकराम खत्री

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com