पुरानो मेडिकल कलेजको ओपिडीमा एकीकृत प्रणाली लागू, घण्टौं लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य


काठमाडौं ।  नेपालको अग्रणी कलेज अफ मेडिकल साइन्सेज भरतपुरले नेपालमै पहिलोपटक ओपिडी सेवामा एकीकृत प्रणाली लागू गरेको छ । उपचारका लागि अस्पताल जाँदा घण्टौं लाइनमा बस्नुपर्ने र कतिपयको पालो समेत नआउँने भएपछि त्यसलाई अन्य गरि सेवालाई छिटो र छरितो बनाउँन मेडिकल कलेजमा एकीकृत प्रणाली लागू गरिएको हो ।

 विदेशका सुविधा सम्पन्न अस्पतालहरुमा यस्तो एकीकृत प्रणाली लागू भएपनि नेपालमा यस्तो सुविधा थिएन । इन्टरनेशनल सोसाइटी फर मेडिकल एजुकेशन प्राइभेट लिमिटेड र नेपालको शिक्षा मन्त्रालयबीच सन् १९९३ भदौ ८ गते चितवनमा कलेज अफ मेडिकल साइन्सेजलाई संचालन गर्न दिने सम्झौतामा भएको थियो । कलेज अफ मेडिकल साइन्सेज नेपालको निजी क्षेत्रबाट संचालित पहिलो मेडिकल कलेज हो ।

 

सस्तो र गुणस्तरीय सेवा प्रदान गर्दै आएको कलेज अफ मेडिकल साइन्सेज नेपालका शीर्ष निजी मेडिकल कलेजहरूमध्ये एक हो । कलेजले सन् १९९६ मा एमबीबीएसका विद्यार्थीहरूको पहिलो ब्याच भर्ना गरेको थियो । मेडिकल कलेज शिक्षण अस्पतालले सेवालाई अन्तर्राष्ट्रियस्तरको बनाउँन ओपिडी सेवामा एकीकृत प्रणाली लागू गरिएको कलेज अफ मेडिकल साइन्सेजका सञ्चालक डाक्टर भि नटराज प्रसादले बताए ।

कलेज अफ मेडिकल साइन्सेजमा हाल युरोलोजीमा सीमित भिडबाहेक अन्यन्त्र सेवा लिन सहज छ । एकै ठाउँमा सबै प्रकारको सेवा लिने वातावरण अस्पतालले मिलाएको छ । भरतपुरका राजन पाठकले ओपिडीमा गरिएको एकीकृत सेवा प्रणालीले ठूलो राहत मिलेको बताए । ‘विगतमा सेवा लिन आउँदा दिनभर कुर्नु पर्ने अवस्था थियो’, उनले भने, ‘अहिले एउटा कोठामा पसेपछि आवश्यक पर्ने सबै खाले सेवा त्यही पाइने रहेछ ।’,

अस्पतालमा २२ वटा ओपिडी कोठा रहेका छन् । बिरामीको टिकट पनि हरेक कोठामै पाइन्छ । ल्याब, नमुना संकलन, फार्मेसी सेवा समेत ओपिडी कोठामै रहेको छ । बिरामीको सहजताका लागि जुन सुकै ल्याब रिर्पोट एक घण्टामा दिने ब्यवस्था अस्पतालले मिलाएको छ । एउटा ओपिडीमा छिरेको बिरामी आवश्यक पर्ने सबै खाले सेवा त्यहीबाट लिएर घर जाने सक्नेगरी व्यवस्था अस्पतालले मिलाएको भि नटराज प्रसादले बताए । उनको अनुसार कही पनि लाइमा बस्नु पर्ने अवस्था छैन ।

 

कलेज अफ मेडिकल साइन्सेजमा दैनिक १६ सय देखि २ हजारसम्म बिरामी ओपिडीमा आउँने गरेका छन् । यसले ठूलो भिड हुँदा कोरोनाको जोखिम त्यतिकै कुने गर्छ । तर, अस्पताले सुरु गरेको एकीकृत सेवा प्रणालीले जस्तो सुकै महामारीमा पनि सुरक्षित सेवा दिनेछ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ