स्वास्थ्यको बाह्रौं तहमा तीन जनाको नाम सिफारिस !

सिफारिसमा परेकी डा. संगिता कौशल मिश्रामाथि किर्ते डकुमेन्ट पेश गरेर जागिर खाएको आरोप


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमुख विशेषज्ञ (बाह्रौं तह)का लागि तीन जनाको नाम सिफारिस गर्ने तयारी थालेकाे छ । स्रोतले बताए अनुसार एक जना प्रमुख विशेषज्ञका लागि मेची अस्पतालका डा. टंक बाराकोटी, स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रा र डा. विकास देवकोटाको नाम सिफारिस गर्ने सुचि तयारी छ । बुधबार बढुवा समितिकाे बैठक बसेकाे थियाे । श्राेतका अनुसार सिनियर डा. बाराकोटी रहेका छन् । दोस्रोमा डा. संगिता र तेस्रोमा डा. विकास परेका छन् । तर, बाराकाेटीकाे कासमु किर्ते भएकाे बुझिएकाे छ ।
डा. संगिता मिश्रामाथि भने एक वर्ष समय बढाएर खुलामा एघारौं भएको आरोप लाग्दै आएको छ । उक्त विवादकाबीच उनको नाम सिफारिस भएको बुझिएको छ । मिश्राले सरकारी सेवामा प्रवेश गर्दा पूरा  समय काम नगरी एक वर्ष  सेवा अवधि बढाएर  कागज पेश गरेको आराेप उनिमाथि लागेको हो ।
खुला प्रतिस्पर्धामार्फत स्वास्थ्य सेवा-अब्ट्रेटिक तथा गाइनोकोलोजीमा २०७० असोज १० गतेबाट सेवा प्रवेश गरेकी मिश्राले सेवा प्रवाहको डकुमेन्ट ‘किर्ते’ गरेको स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन् ।

तत्कालीन स्वास्थ्य सचिव प्रविण मिश्रले उनलाई सहयोग गर्दा आफू अन्यायमा परेको उनको निकटतम प्रतिद्दन्दिकाे गुनासाे छ ।  ‘शक्तिको अगाडि केही लाग्ने रहेनछ’, पिडित व्यक्तिले स्वास्थ्य लाइभसँग भनिन्, सबै प्रमाण जुटाएर जाँदा पनि साथ सहयोग पाइएन ।’, यो घटना स्वास्थ्यका अधिकांशलाई जानकारी छैन ।’ अहिले १२ तह भएर भबिस्यमा सचिव हुने दाउमा मिश्रा छन् । तत्कालीन सचिव डा प्रविण मिश्राले भने आफ्नाे कुनै हात नभएकाे बताएका छन् । “मैले पनि किर्ते डकुमेन्ट बुझाएकाे भन्ने सुनेकाे हुँ उनले भने, “तर याे मेराे हातमा थिएन लाेक सेवाले हेर्ने हाे ।”


पिडित प्रतिद्दन्दिका अनुसार डा. मिश्राले एक वर्ष सेवा गरेको नक्कली प्रमाण लोकसेवामा पेश गरेर अधिकृत एघारौं तहको जागिर खाएकी हुन् ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी तत्कालीन  डा. मिरा उपाध्याय र डा. संगित कौशल मिश्राले खुला प्रतिस्पर्धामा भाग लिएका थिए । तर, संगिताको एमबीबीएस गरेर सात वर्ष पुगे पनि सेवा अवधिको हिसाबले ६ वर्ष मात्रै पुगेकाे थियाे ।
तत्कालीन स्वास्थ्य सचिव डा. प्रविण मिश्रको अनुरोधमा नोबेल मेडिकल कलेजले काम नगर्दाको समेत काम गरेको भन्दै डकुमेन्ट दिएको थियो । यस विषयमा स्वास्थ्य लाइभले नोबेल मेडिकल कलेजका संचालक सुनिल शर्मालाई सेवा अवधिको विवरण उपलब्ध गराउँन आग्रह गरेको थियो । तर, शर्माले कसैको भविष्य बिगार्न आफूले नचाहने भन्दै दिन मानेनन् ।
पीडितको भनाई र नोबेलको जवाफले डा. मिश्राले ‘ किर्ते’ गरेरै जागिर खाएको बलियो आधार देखिन्छ । तर, हामी अझै किर्तेको दाबी गर्दैनौं । यो विषय छानबिन गर्न प्रहरीको अनुसन्धान ब्युरो (सीआईबी)लाई छाड्छौं । ‘यदी आरोप लगाए जस्तो उनले कामै नगरी एक वर्ष समय बढाएर कागज पेश गरेको भए यो गम्भीर अपराध हुनेछ’, सीआईबीका अधिकारीहरु भन्छन् । तर, यी कगजपत्र स्वास्थ्य मन्त्रालय चाहेर निस्कने अवस्था छैन ।

पीडितकाे भनाइ  उनकै शब्दमा

खुला प्रतिस्पर्धाबाट एघारौं तहका लागि ०७० सालमा विज्ञापन खुलेको थियो । एघारौं तहमा प्रतिस्पर्धाका लागि सात वर्ष काम गरेको अनुभव चाहिन्छ । तर, डा. संगिता मिश्राको एक वर्ष समय पुगेकै थिएन । उनको त्यस बेला एमबीबीएस गरेपछिको सात वर्ष पुगेको थियो । तर पास भएको वर्ष मात्रै पुगेर हुँदैन ।

एघारौं तहमा खुला प्रतिस्पर्धा गर्न सात वर्ष काम गरेको अनुभव हुनुपर्ने प्रावधान रहेको छ । डा मिश्रा एमपिएच गर्न १ वर्ष अमेरिका गएकी थिइन् । सन् २००८ मा उनले अमेरिकाले दिने पूर्ण छात्रवृत्तिमा अमेरिका गएकी थिइन् । त्यो समयलाई पनि मिश्राले विराटनगरको नोबेल अस्पतालमा काम गरिरहेको देखाइछन् ।

हामीले सहज रुपमा कागज पत्र माग्दा नपाए पछि विशेष सुराकी लगाएर हाजिरी र कागजपत्र हातमा लियौं । उनले काम छोडेरै अमेरिका गएको अस्पतालको रेकर्डले देखायो । तर, उनले कागजमा भने नोबेलमा काम गरिरहेको भनेर देखाएको छ । यसको सेटिङ्मा तत्कालीन स्वास्थ्य सचिव प्रविण मिश्रको हात रहेको छ । न्यायका लागि मैले धेरै ढोका चाले । अदालतमा गए तर, धेरैको सल्लाहमा अर्को वर्ष बढुवा हुने आसमा मैले मुद्दाहरु डिसमिस गरे ।
त्यस बेला लोकसेवा, मुख्य सचिव, स्वास्थ्य मन्त्रालयले कसैले पनि सत्यको पक्षमा बोल्ने हिम्मत गरेनन् । अझ मुख्य सचिवले तीन दिन डकुमेन्ट होल्ड गरेर राखेका थिए । कुर्सीमा बस्नेहरु ‘बायस’ भएपछि सधै पछि लाग्न नसकिने रहेछ ।

देशमा राम्रो सोच्ने जेन्यून मान्छेहरुलाई महिलाबाट सहयोग मिल्दोरहेनछ मलाई मिलेन पनि । जो सही छ उसको विपक्षमा लागेर गलत व्यक्तिको पक्षमा सबै निकाय लाग्दा यसलाई मैंले बीचैमा छाड्नु पर्ने अवस्था आएको हो ।

उनी फुलब्राइट स्कलरसिपमा अमेरिका गएकी थिइन् । अहिले अनलाइको पनि व्यवस्था गरिएको छ तर, संगिताले फूलब्राइट स्कलरसिप पाउँदा सम्बन्धित ठाउँमा उपस्थिति अनिवार्य हुनै पर्ने थियो ।
नोबेलबाट मैले संगिताको हाजिर कपी नै निकालेको थिए । प्रशासनले दिन नमानेपछि सुराकी नै प्रयोग गरेर गोप्य रुपमा उनको हाजिर निकालिएको थियो । सुरुमा हामीलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका थिए । पछि हाजिर गरेको कपीको फोटो पठाएपछि बाध्य भएर डकुमेन्ट र काम गरेको छैन भनेर पत्र पठाएका थिए । धेरै समय भएकाले त्यो कागजपत्र अहिले मसँग नहुन सक्छ ।

क्याटेगोरी : समाचार
ट्याग : ## डा बिकास देवकाेटा, ##12 तह, ##डा टंक बाराकाेटी, ##डा संगिता मिश्रा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com