आफू काम नपाएपछि भ्रष्टाचारको आरोप लगाउँदै स्वास्थ्यका खुद्रा सप्लायर्स, २ अर्वको खरिद गर्दा १० अर्वको आरोप 


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफुलाई काम नदिए पछि खुद्रा सप्लायर्स सिलसिलेबार रुपमा कर्मचारीप्रति खनिएका छन् । अदृश्य रुपमा बसेर उनीहरुले विभिन्न सञ्चार माध्यममा कर्मचारीले करोडौं भ्रष्टाचार गरेको भन्दै अरोप लगाईरहेका छन् । यसको पछिल्लो उदाहरण केही दिनदेखि बाहिर आएका स्वास्थ्य उपकरणको खरिदलाई हेर्दा स्पष्ट हुन्छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत पर्ने व्यवस्थापन महाशाखाले १० अरबको स्वास्थ्य उपकरण खरिद गरेको भन्दै खुद्रा सप्लायर्सले आरोप लगाउँदै आएका हुन् । उनीहरुको भनाईलाई आधार बनाएर समाचारहरु सार्वजनिक भइरहेका छन् । तर, स्वास्थ्य सेवा विभागले एक वर्षमा १० अर्ब नभएर २ अर्ब ४५ करोड अनुमानित लागतको खरिद प्रक्रिया शुरु गरेको बताएको छ ।

विभागले एक वर्षभर गरेका खरिदका सबै विवरण सार्वजनिक गरेको छ । करिब १ अरब ९३ करोडको खरिद सम्झौता भएको छ । गत वर्ष सुरु भएका ७० वटा खरिद क्रियाकलापहरुमध्ये ५७ वटा क्रियाकलापका ६३ वटा खरिद सम्झौता भएको छ । ती खरिद सम्झौताहरु ४१ वटा फरक फरक फर्महरुसँग भएको विभागले स्पष्ट पारेको छ ।

समाचारमा आएको जस्तो कुनै एक फर्मसँग मात्रै खरिद कार्य गरेको आर्थिक हिनामिना गरेको भन्ने कुरामा कुनै सत्यता नभएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, ुजतिपनि खरिद एका छन् सबै खरिद ऐन, नियम, कानुनको परिधिभित्र रहेर मात्रै भएका छन् ।ु,

विगत केही समयदेखि स्वास्थ्यमा ५ लाखभन्दा कमका उपकरण खरिद गर्दै आएका सप्लायर्सहरु काम नपाएपछि स्वास्थ्य सचिव, मन्त्री र विभागका कर्मचारी रु विभिन्न टिकाटिप्पणी गर्दै आएका छन् । जनताको हितमा गरिएका टेन्डर रोक्न र कर्मचारीको बदनाम गराउन यस्ता सप्लायर्स सक्रिय छन् ।

 विज्ञप्तिको पूर्ण पाठ र कम्पनीहरुको नामावली

१० अर्वको औषधि उपकरण खरिदमा व्यापक अनियमितता जस्ता स्वास्थ्य सेवा विभागवाट गरिएका स्वास्थ्य समाग्री खरिदको विषयलाई लिएर पछिल्ला केहि दिनमा विभिन्न अनलाइन पत्रिकाहरु लगायत विभिन्न संचार माध्यमहरूमा प्रकाशित समाचारको विषयप्रति यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ । समाचारहरुमा प्रकाशित विषयले भ्रमसिर्जना गरेको छ । स्वास्थ्य सेवा विभागबाट गरिने खरिद प्रक्रियाहरु सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ मा रहका व्यवस्था अनुसार एवं दातृनिकायको सहयोग रहेकोमा दातृनिकायको खरिद निर्देशिका अनुसार गर्ने गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कार्यक्रम तथा बजेट स्वीकृत भए पश्चात् विभिन्न स्वास्थ्य संस्था तथा अस्पतालहरुबाट आएका मागहरुलाई सम्बोधन गर्ने गरी आवश्यक सामाग्रीहरु खरिद गर्ने गरिएको छ । यसको लागि विभिन्न अस्पतालका विशेषज्ञहरु एवं अनुभवी प्राविधिकहरु सम्मिलित टोलीबाट स्पेशिफिकेसन तयार गरि, सार्वजनिक खरिद ऐन, नियम अनुसार लागत अनुमान, खरिद योजना तयार गरि पारदर्शी तथा प्रतिस्पर्धात्मक खरिद विधि छनौट गरि विद्युतीय खरिद प्रणाली ९भ(न्ए० अवलम्बन गरिदै आएको छ । साथै सोही अनुरुप मुल्याकंन गरि खरिद सम्झौता एवं सम्झौता पश्चातका कार्यहरु गरिदै आइएको छ।

आ।व। २०७८र७९ मा समाचारहरुमा उल्लेख गरे अनुसार १० अर्वको नभइ २ अर्व ४५ करोड अनुमानित लागतको खरिद प्रक्रिया शुरु गरि करीव १ अर्व ९३ करोडको खरिद सम्झौता भएको छ । गतबर्ष शुरु भएका ७० वटा खरिद क्रियाकलापहरु मध्ये ५७ वटा क्रियाकलापका ६३ वटा खरिद सम्झौताहरु भएको छ । ती खरिद सम्झौताहरु ४१ वटा फरक फरक फर्महरुसंग भएको छ ।

यसबाट संचार माध्यमहरुमा प्रकाशितरप्रशारित भए जस्तो कुनै एक फर्मसंग मात्रै खरिद कार्य गरेको, आर्थिक हिनामिना गरेको भन्ने कुरामा कुनै सत्यता नरहेको तथ्य अवगत गराउन चाहन्छौ । प्रचलित खरिद ऐन, नियममा भएको व्यवस्था अनुसार सार्वजनिक खरिद कार्यमा संलग्न पदाधिकारीको आचरण कायम राख्नेतर्फ यस विभाग सधै सचेत एवं कटिबद्ध समेत रहेको छ ।

खरिद सम्बन्धी काम कारवाही गर्दा प्रचलित कानुन विपरित हुने गरि कुनै काम नगरिएको, खरिद कार्य स्वच्छ,प्रतिस्पर्धा हुने गरी निष्पक्ष ढंगले गरिएको व्यहोरा समेत जानकारी गराउन चाहन्छौ ।

कोभिड(१९ को यो विश्वव्यापी महामारीको व्यवस्थापन एवं आमनागरिकहरुलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्नको लागि खटिएको यस संस्थाको गरिमामा आंच आउने र कार्यरत कर्मचारीहरुको मनोबल गिराउने गरी यस किसिमका भ्रामक समाचारहरु प्रकाशनरप्रशारण नगरिदिनहुन सम्पूर्ण संचारकर्मीहरुसंग अनुरोध गर्न चाहन्छौं साथै सार्वजनिक खरिद प्रक्रियालाई प्रभावकारी बनाउने कार्यमा संचार जगतको सकारात्मक भूमिकाको अपेक्षा पनि गर्दछौं। खरिद सम्झौताहरुको विस्तृत विवरण यस विभागको वेवसाइट (www.dohs.gov.np) मा समेत प्रकासित गरिएको छ।

यी हुन् ४१ फर्म

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com