अस्पताल निर्माणदेखि बृद्ध भत्ता वितरणमासम्म अरुण गाउँपालिकाको बदमासी


काठमाडौं । भोजपुरको अरूण गाउँपालिकाले अस्पताल भवन निर्माणदेखि बृद्ध भत्ता वितरणसम्ममा बदमासी गरेको फेला परेको छ ।

महालेखा परीक्षकको कार्यालयको प्रारम्भिक प्रतिवेदनले अरुण गाउँपालिकाको अस्पताल भवन निर्माणदेखि बृद्ध भत्ता वितरण गर्दा समेत बदमासी औंल्याएको हो ।

अरुण गाउँपालिकाले १५ शय्याको अस्पताल भवन निर्माण गर्दा बदमासी गरेको महालेखाको प्रतिवेदनले औंल्याएको छ । अरुणमा १८ करोड रुपैयाँ बढीको आधारभूत अस्पताल निर्माण हुँदैछ । उक्त अस्पताल निर्माण गर्दा ठेक्का लगाउनेदेखि माटो समस्याउनेसम्म महालेखाले कैफियत देखाएको छ ।

अरुण गाउँपालिकाले मृतकको नाममा झन्डै १ लाख बृद्ध भत्ता वितरण गरेको महालेखाको प्रारम्भिक प्रतिवेदनले औंल्याएको छ । गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा मनपरी तरिकाले बजेट वितरण गरेको प्रतिवेदनमा उल्लेख छ ।

तत्कालीन अध्यक्ष गजेन्द्रबहादुर कार्कीले पालामा अरुण गाउँपालिकाका अधिकांश कामहरूमा अपारदर्शी र बदमासी भएको महालेखाले देखाएको छ ।

प्राकृतिक स्रोतबाट आय आर्जन गरेको झन्डै ४ करोड रुपैयाँ प्रदेश सरकारलाई गाउँपालिकाले उपलब्ध गराएको छैन ।  बाटो निर्माणदेखि स्काभेटर खरिद गर्दा समेत अरुण गाउँपालिकाले बदमासी गरेको पाइएको छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #अरुण गाउँपालिका भोजपुर

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com