वीरका पूर्व निर्देशक डा.भुपेन्द्रको भित्रभित्रै जनउपलब्धिका कामका चाङ


काठमाडौं । जनसङ्ख्या तथा स्वास्थ्यमन्त्री पदम गिरीले गत शुक्रवार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको प्रमुख परिवर्तन गरेका छन् । नेपाली काँग्रेस निकट डाक्टर भुपेन्द्र कुमार बस्नेतलाई हटाएर सोही जिम्मेवारीमा एमाले निकट डाक्टर सन्तोष पौडेललाई ल्याएका छन् ।

सरकार परिवर्तन पछि हुने यस्ता कर्मचारी सरुवा सामान्य विषय हुन् । हिजोका मन्त्रीले पनि गरेकै हुन् आजका मन्त्रीले पनि त्यसलाई निरन्तरता दिएका छन् । बाँकी रह्यो जिम्मेवारी पाएकाले हट्दा जनताको हितमा कस्तो काम गरे भन्ने प्रश्न ।

नेपालमा मनपरे अपराधमा मुछिएकालाई पनि दुधले नुहाउँने परिपाटी बाँकी नै छ । मन नपरेको व्यक्ति भए जति राम्रो भएपनि उसको कुनै न कुनै रुपमा कुरा काट्ने र असफल बनाउँने खेल चलि रहन्छ । उसले गरेका र बिगारेका कुरा खासै बाहिर आउँदैनन् ।

वीर अस्पतालका तत्कालीन कार्यकारी अधिकारी डा. भुपेन्द्र कुमार बस्नेतले यस वर्ष भित्रभित्रै जनमुखी काम गरेका छन् । ०७८ साउन १९ गते प्रधानमन्त्री शेरबहादुर देउवाले बस्नेतलाई वीर अस्पताल अर्थात युनिफाइड केन्द्रीय अस्पतालको निर्देशकमा नियुक्त गरेका थिए ।

बस्नेत निर्देशकबाट हटेपछि उनले आफ्नो कार्यकालमा गरेका मध्ये केही जनमुखी कामको हामीले चर्चा गर्न लागेका छौं । बस्नेतले भित्रभित्रै जनउपलब्धी कामका चाङ् लगाएका छन् । तर, यो कुरा फरक विचार राख्नेले स्वीकार गर्न सक्दैनन् । बरु लेखेको समाचार नै मुख पत्र भयो भन्ने आरोप हामी प्रति लगाउँन सक्छन् । स्वास्थ्य लाइभले बस्नेतको मात्र हैन डा.सन्तोष पौडेल हटेको दिन पनि उनको उपलब्धी जनतामाझ पुर्याउने छौं ।

पूर्व कार्यकारी अधिकारी डा.बस्नेतले आफ्नो कार्य अवधिमा सबैभन्दा राम्रो काम गरेको क्याथ ल्याब जडान हो । २० वर्षदेखि बन्द रहेको क्याथ ल्याब सेवा यस बिचमा सञ्चालनमा ल्याए । जसले निजीबाट महँगो सेवा लिन बाध्य भूईं मान्छेलाई ठूलो राहत मिलेको छ ।

नयाँ भवन बनाएर पनि सञ्चालनमा ल्याँउन सकेको थिएन । बस्नेतले यसलाई सञ्चालन गरेर देखाएका छन् । तर, व्यापक जनशक्तिको अभावले सेवाको गुणस्तरमा कमी ल्याएको छ । डा.बस्नेतले आईसीयूको वेड ह्वात्तै बढाएका छन् । नयाँ सर्जिकल भवनको सेवा पूर्ण रुपमा सञ्चालनमा ल्याएका छन् ।

वर्षौंदेखि रोकिएको भत्ता कर्मचारीलाई खुवाए । जनरल वार्ड, ओ.टि. पोस्ट अपरेटिभ, आईसीयू, ब्लड बैँक, रेडियोलोजि सेवा, सिमुलेसन ल्याब, ओ. टि. तथा जनरल फार्मेसी सेवा सुरु गरे ।

अस्पतालमा भएका आठ ओटा अल्ट्रासाउन्ड मेसिनबाट हरेक दिन सेवा दिँदा बिरामीले पालो कुर्नुपर्ने र अनावश्यक दु:ख भएको थियो । अब बिरामीलाई पालो कुर्नु पर्ने अवास्थाको अन्त्य भएको छ ।

बस्नेतले सुर्जिकल भवनमा नया आईसीयू थप गरी बिरामीलाई आईसीयू नपाउने अवस्थाको अन्त्य गरेका छन् । अस्पताल भित्र ४ वटा अस्पताल फार्मेसी राखेर सेवा विस्तार भएको छ । दाँत विभागमा २० वटा डेन्टल चेयर थप गरेर सेवा विस्तार गरिएको डा.बस्नेतले बताए ।


‘अस्पतालले Bronchoscopy & Sleep lab बिद सुरु गरेको छ । सर्जिकल विभागका धेरै सेवाहरूको हरेक दिन ओपिडी र ओ.टि. को व्यावस्था गर्यौ जस्ले गर्दा बिरामीलाई पालो कुर्ने समय छोटो गर्ने कोसिस गरियो’, डा.बस्नेतले भने ।

वीर अस्पतालले जनताको चाहना अनुसार डायलासिस सेवा विस्तार गरेको छ । ओपन हार्ट अप्रेसन सुरु भयो । मिर्गौला प्रत्यारोपणलाई निरन्तर्ता दिएको छ । Fibroscan सेवा पुन: सञ्चालनमा ल्याएको छ ।

आँखा रोग, मानसिक रोग र स्त्री रोग ओपिडी सनञ्चालनमा आएको छ । दुवाकोटमा एक्स रे र बिदासहितको ओपिडी सेवा सनञ्चालनमा ल्यायौं । अस्पतालमा Digital pay QR code सुरु भएको छ । बिरामीहरूको सहज सेवाको लागि MRI सेवा बिहान ८ बजेदेखि राती १० बजेसम्म सुरु भएको छ । तर, बस्नेतले हो हल्ला गरेका छैनन् ।

इमर्जेन्सी लाई १०० बेड बनाउने काम प्रक्रियामा लगेको छ । पुरानो भवनको ठाउमा नया ५०० बेडको मेडिकल भवन बनाउने प्रारम्भिक Drawing & Design गरी स्वस्थ्य मन्त्रालयमा बुझाएको बताइएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com