श्रीकृष्णको लिलाले सयौं चिकित्सा विद्यार्थीको आँखामा पट्टी


काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरीले सयौं एमडीएमएस अध्ययन गर्ने तयारीमा रहेका विद्यार्थीको आँखा र हातमा पट्टी बाँधिदिएका छन् । आयोगको उपाध्यक्षबाट रिटायर हुने अवस्थामा पुगेका डा.गिरी र उनको टिममा रहेका पदाधिकारीहरूले आयोगमा विद्यार्थीको योग्यताक्रम मिचेर लिला देखाउँन थालेका छन् ।

एउटा धार्मिक विश्वास छ, दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको हो । तर, यहाँ त्यस्तो देखिएको छैन । यसको ठिक विपरित काम श्रीकृष्णबाट भएको छ । विगतमा आयोगको उपाध्यक्ष नियुक्ति हुँदा एक जना डाक्टर गोविन्द केसीले उनको नियुक्तीमाथि प्रश्न उठाउँदै अनसन समेत बसेका थिए । त्याे कुरा चटक्क भुले वा केसीलाई आफ्नाे हातमा लिए याे विषय केसीको अभिव्यक्तिले आज भाेली स्पष्ट पार्लानै ।

कंशले जेलनेलसहित देवकीलाई बन्दी बनाएको अवस्थामा श्रीकृष्णको जन्म भएको अवस्था जस्तै गिरीको उपाध्यक्षमा विरोध हुँदाहुँदै आयोगमा जन्म भएको थियो । तर, पछिल्लो समय गरेका काम नितान्त आर्थिक लेनदेनमा भएको आरोग लागेको छ ।

चिकित्सा शिक्षा आयोगले १०५६ जनाका लागि एमडिएमएसको विभिन्न विधामा लिएको परिक्षामा २४ सयले पास गरेका थिए । योग्यता क्रम अनुसार भर्ना गर्दै लैजाने आयोगकै नीति हो । तर, यस पटक करिब २ सय भन्दा बढीको योग्यता क्रम मिचेको देखिएको विद्यार्थीहरूको आरोप छ ।

चिकित्सा शिक्षा आयोगले पोस्ट ग्रेजुएट/अन्डर ग्रेजुएट (एमबीबीएस/बीएससी नर्सिङ) लगायतको एकीकृत प्रवेश परीक्षाको नतिजा अनलाइन प्राथमिकता निर्धारणका आधारमा हुनेछ भनेर चिकित्सा शिक्षा ऐनले स्पष्ट उल्लेख गरेको छ । तर, आयोगले म्याचिङ प्रणालीमा संशोधन गरी योग्यता क्रमको आधारमा भर्ना गर्न पाउने अधिकारविरुद्ध निर्णय नै गरेको छ ।

३० नम्बरसम्म नियम अनुसार भर्ना लिएको आयोगले त्यस पछि किन म्याचिङ मिलाएन त्यसले गम्भीर प्रश्न उब्जाएको छ । एउटा विद्यार्थी पैसा तिरेर पढ्दा पढाइ खर्च मात्रै २३ लाख रुपैयाँ लाग्छ । अन्य खर्चको कुनै हिसाव छैन । छात्रावृत्तिमा नाम निस्किएको खण्डमा २३ लाख राज्यले तिर्ने र सेवा गरे वापत महिनामा ५० हजार रुपैयाँ राज्यले पठाउँछ ।

एमडीएमएस अध्ययन गर्ने तयारीमा रहेका पिडित विद्यार्थी डा. विप्लव लामिछानेले नियम अनुसार गर्दा आफू मेरिटमा पर्ने सुनाए । उनले आफ्नो भन्दा कम नम्बर भएको व्यक्तिलाई भर्ना दिएको विषयमा भने आपत्ति जनाएका छन् । आयोगले लिएको एकीकृत प्रवेश परीक्षामा प्रकाशित नतिजा अनुसार विद्यार्थीले कलेज छान्न पाउनुपर्ने भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् ।

सर्वोच्च अदालतको आदेशलाई चिकित्सा शिक्षा आयोगले अटेर गरेको र दक्ष विद्यार्थीलाई वाइपास गरी पछिल्लो योग्यताक्रममा रहेका विद्यार्थीलाई छात्रवृत्ति पाउने नियोजित तरिकाले आयोगले कानुन बनाएको आरोप लगाएका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com