सुर्ति उद्योगको प्रभावमा प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीको इमानमा खोट !


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल सुर्ति उद्योगको पक्षमा उभिएका छन् । आगामी आर्थिक वर्षको बजेटमा प्रधानमन्त्री सुर्ति उद्योगीको पक्षमा अभिधा सम्बन्धित उद्योगलाई पोस्ता पल्टिएको छ । सुर्ति मा कर बढ्ने बताउँदै आएको सरकार र सरकारमा सहभागी भएमा मन्त्रीहरू उद्योगीसँग निरिह हुनु परेको छ । यस वर्ष सुर्तिजन्य पदार्थको राजस्व दर घटाइएको छ । सुर्तिजन्य पदार्थको राजस्व दर पछिल्ला १० वर्षकै सबैभन्दा खराब भएको सुर्तिजन्य पदार्थ विरुद्ध काम गरिरहेको एक संस्थाहरूले बताएका छ । 

सरकारले अघिल्ला वर्षमा भन्दा कम दर कायम गरेका कारण आगामी दिनमा सुर्ति जन्य पदार्थको उपभोग बढ्ने एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले बताए । अध्यक्ष चन्दले स्वास्थ्यमन्त्रीले नभएर प्रधानमन्त्रीका कारण यो खराब अवस्थामा सामना गर्न तयार हुनुपरेको बताए । स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले हरेक भाषणमा सुर्तिजन्य पदार्थको करलाई निकै माथि पुर्याउने बताउँदै आएका थिए । तर, प्रधानमन्त्रीले दिनहुँजसो बालुवाटारमा उद्योगीहरूलाई भेटेर यो दर घटाउन भूमिका खेल्नु भएको छ चन्दले भने । 

हालै विश्व स्वास्थ्य संगठनको सम्मेलनमा समेत स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बस्नेतले नेपालले सुर्ति मा लगाउँदै आएको करलाई व्यापक मात्रामा बढाइने अभिव्यक्ति दिएका थिए । अभिव्यक्तिमा गडगडाहट ताली खाएका मन्त्रीलाई एक हप्तामै कर घट्दा पदमा बस्न नैतिक संकट भने देखिएको अधिकारीहरू बताउँछन् । अहिले सबै भन्दा बढी जोड सुर्तिजन्य पदार्थको करमा दिएका मन्त्रीले आफ्नो एजेण्डा लागू गराउँन नसक्दा पदमा बस्नु एउटा सचेत र इमानदार राजनीतिज्ञलाई नैतिक रुपमा पनि सुहाउँदैन । हुन त मन्त्रीमा कति नैतिक र इमान छ यो उहाँको निर्णयले निर्धारण गर्ने विषय हो । 

‘बजेटमा तोकिएको करको दायरा हेर्दा सरकारलाई जनताको स्वास्थ्य भन्दा पनि सुर्ति उद्योगीको पक्षमा रहेको देखिन्छ,’ चन्दले भने, ‘मुद्रा स्फूर्ति ७ दशमलव ९ प्रतिशत छ तर सुर्तिजन्य पदार्थमा करको दर सरदर ३ प्रतिशतले मात्र बढाएको देखिन्छ । यो हिसाबले हेर्दा अहिले कायम करको दरभन्दा कम्तिमा ५ प्रतिशतले कम हुने देखिन्छ ।’ 

सुर्तिजन्य पदार्थ सेवनले विश्वमा हरेक वर्ष ८० लाखभन्दा बढी मानिसहरूको मृत्यु हुने विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । जसमा ७० लाख आफैले सुर्तिजन्य पदार्थ सेवन गरेर र १० लाख मानिस अरुले उपभोग गरेको सुर्तिजन्य पदार्थका कारण ज्यान गुमाउँछन् । जसमध्ये ८० प्रतिशत मृत्यु न्यून तथा मध्यम आय भएका नेपालजस्ता मुलुकहरूमा हुने गर्दछ । हाल नेपालमा कुल जनसङ्ख्याको झण्डै २९ प्रतिशत मानिस धूम्रपान तथा सुर्तिजन्य पदार्थको सेवन गर्ने गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सर्वेक्षण २०१९ ले बताउँछ । सुर्तिजन्य पदार्थको सेवनबाट नेपालमा हरेक वर्ष २७ हजार १०० जनाको अल्पायुमै मृत्यु हुन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com