‘ब्याची’ लेखा उपसचिव निरौला महावाणिज्यदूत हुँदा भुर्तेल दिल्ली दूतावास जाने तरखरमा

काठमाडौं। ‘ब्याची’ लेखा समूहका उपसचिवहरू विदेशस्थित नियोगमा जाने भएका छन्। एकैदिन लेखा समूहको उपसचिव बनेका लक्ष्मीप्रसाद निरौला सहसचिव भएर ल्हासाको महावाणिज्यदूत भइसकेका छन्। उनकै ‘ब्याची’ लेखा उपसचिव भेषप्रसाद भूर्तेल नयाँदिल्लीस्थित नेपाली राजदूतावास जाने तरखरमा छन्।
२०७९ बैशाखमा आन्तरिक प्रतिस्पर्धाबाट लक्ष्मीप्रसाद निरौला, भेषप्रसाद भुर्तेल र केशवराज सुवेदी नेपाल प्रशासन सेवा लेखा समूहको उपसचिव भएका थिए। सँगैका लेखा उपसचिव निरौला सहसचिव भएर ल्हासाको महावाणिज्यदूत भइसक्दा भुर्तेल भने उपसचिवको हैसियतमै भारतको नयाँ दिल्लीस्थित नेपाली आवासीय राजदूतावास जाने तयारीमा रहेका हुन्। दिल्लीमा कार्यरत लेखा उपसचिव यदुनाथ भट्टराईको अवधि पुग्न लागेको छ। उनको ठाउँमा भुर्तेल दिल्ली जान लागेका हुन्। महालेखा नियन्त्रक कार्यालय परराष्ट्र मन्त्रालयमा अर्काे लेखा उपसचिव पठाएपछि भुर्तेल दिल्ली जानेछन्।
परराष्ट्र मन्त्रालयका लेखा उपसचिव भुर्तेल अहिले मन्त्रालयमै रुमल्लिरहेका छन्। परराष्ट्र जान लेखाका उपसचिव हरूबीच रस्साकस्सी चलिरहेको पाइन्छ। भुर्तेलसँगै लेखाको उपसचिव भएका निरौला महावाणिज्यदूत बनेर ल्हासा पुगेका छन्। केशवराज सुवेदी भने बागमती प्रदेशको नीति तथा योजना आयोगको सचिवको भूमिकामा छन्। निरौला र भुर्तेल परराष्ट्रतिर लाग्दा सुवेदी भने प्रदेशतिर पुगेका हुन्।
ट्याग : #केशवराज सुवेदी, #भेषप्रसाद भुर्तेल, #महावाणिज्यदूत ल्हासा, #लक्ष्मीप्रसाद निरौला सहसचिव
तपाईको प्रतिक्रिया दिनुहोस