मिडवाइफ्री सेवा “हलाे अड्काएर गाेरु चुट्ने”काम मात्रै


काठमाडौं । सरकारले मातृ मृत्युुदरलाइ कम गराउने उदेश्यले मिडवाइफ्री सेवा अर्थात दक्ष प्रसूती स्वास्थ्यकर्मी उत्पादन गरेकाे धेरै भएको छ । नेपालमा मातृ तथा नवजात शिशुहरुको मृत्युदरमा कम गर्ने उद्देश्यले मिडवाइफ्रीकाे अवधारणा अनुसार सन् २०१६ मानै मिडवाइफको पढाइ सुरु गरिएको थियो।

नेपालकाे ग्रामिण भेगमा भएका स्वास्थ्य संस्थाहरुमा हुने प्रसूती सेवालाई महत्वपूर्ण मानिने स्वास्थ्यकर्मी हुन मिडवाइफ्री । मिडवाइफ्री स्वस्थ प्रसुतिका लागि सक्षम जनशक्ति हुन्।

गर्भावस्था पूर्व र बच्चा जन्माइसके पछिको ४५ दिन सम्म महिलाको स्वास्थ्यमा जटिलताहरु आउदैन भन्ने विश्वास गरिन्छ। जसले गर्दा मातृ मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण मानिन्छ। विकसित मुलुकहरुमा नवजात शिशुको स्याहारका लागि मिडवाइफ्री पहिलो रोजाइमा पर्छन् ।

हाल ६ वटा शिक्षण संस्थाहरु (काठमाण्डौ विश्वविद्यालय, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, वि. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र विभुवन विश्वविद्‌यालय) बाट स्नातक तहको मिडवाइफ्री शिक्षा सञ्चालन भइरहेको छ।

पठनपाठन सुरु भएयता हाल ६६ जना मिडवाइफ्री नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स प्राप्त भइसकेका छन। तर सरकारले यी मिडवाइफ्रीहरुलाई सरकारी स्वास्थ्य प्रणालीमा ल्याउन नसक्दा यस्ता स्वास्थ्यकर्मीहरु आफ्नो सेवा समूह भन्दा बाहिर काम गर्नु परेको छ । जरुरी ठानेर पठनपाठन गराउने तर दरबन्दी नबनाउनुले ” हलाे अड्काएर गाेरु चुट्ने” काम बाहेक केही नभएको अधिकारीहरुले बताएका छन् ।

मिडवाइफ्री सोसाइटी अफ नेपालकी अध्यक्ष प्राध्यापक गोमा देवी निरौलाले भनिन ‘ नेपालमा सन् २०१६ देखि मिडवाइफ्री शिक्षा सुरु भएको हो । त्यसयता ६६ जना मिडवाइफ्रीले लाइसेन्स लिइसकेका छन् । तर सरकारले मिडवाइफ्रीको दरबन्दी खुला नगर्दा उनीहरु सरकारी तहमा मिडवाइफ्रीका रुपमा प्रवेश गर्न पाएका छैनन्। दक्षताअनुसारको सरकारी सेवा प्रणालीमा ल्याउन नसक्दा मिडवाइफ्रीहरु ट्रमा सेन्टर, वीर अस्पताल जस्ता अस्पताल तथा निजि स्वास्थ्य संस्थामा काम गर्न बाध्य छन। अहिले हामी संग भएका मिडवाइफहरु दुई तीन जना विदेश पलायन भए पनि अरु भएका जति आफ्नो दक्षता भन्दा बाहिर काम गरिरहेका छन’।

विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार दक्ष र सक्षम मिडवाइफ्रीको सहायताले मातृ मृत्युदर र नवजात मृत्युदरलाई ८० प्रतिशत भन्दा बढी रोक्न सकिन्छ। मातृ तथा नवजात मृत्युदर रोक्न मात्र नभई गुणस्तरीय मिडवाइफ्री सेवाले यौन तथा प्रजनन् स्वास्थ्य, खोप, स्तनपान, गर्भावस्थामा सुर्तिजन्य पदार्थको प्रयोग, गर्भावस्थामा हुने मोटोपन लगायत सम्बन्धी समस्यामा ५० प्रतिशतभन्दा बढी सुधार गर्न सकिने उल्लेख गरेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com