आरजुका ‘बिजनेस पार्टनर’ विश्व पौडेल बने राष्ट्र बैंकको गभर्नर


काठमाडौं। परराष्ट्रमन्त्री आरजु राणा देउवाका ‘बिजनेस पार्टनर’ विश्व पौडेल नेपाल राष्ट्र बैंकको गभर्नर बनेका छन्। मन्त्रिपरिषद्को बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो।

अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा रहेको गभर्नर सिफारिस समितिले विश्वलाई १ नम्बरमा सिफारिस गरेको हो। गभर्नरमा पौडेलसहित कायममुकायम गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको सहमति अनुसार उनको नाम १ नम्बरमा सिफारिस भएको थिए। उनैलाई राष्ट्र बैंकको गभर्नर बनाइएको हो।

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहेका विश्व प्रकाशशरण महत अर्थमन्त्री हुँदा अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार बनेका थिए। कांग्रेस नेतृ आरजु देउवासँग युलेन्स स्कुलसँगै विभिन्न व्यवासायमा जोडिएका विश्व उनकै जोडबलमा नेपाल राष्ट्र बैंकको गभर्नर बनेका हुन्।

चितवन १ बाट प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसबाट टिकट पाएर विश्व नराम्ररी पराजित भएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेका ‘सेयर कारोबारी’ हरि ढकालसँग पराजित विश्व राष्ट्र बैंकको गभर्नर बनेका छन्। विश्व अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को समेत आर्थिक सल्लाहकार समेत भएर काम गरेका थिए। अब सरकारको आर्थिक सल्लाहकार समेत मानिने नेपाल राष्ट्र बैंकको गभर्नर भएका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ