कोरोना संक्रमित केपी ओली सार्वजनिक कार्यक्रममा सहभागी भएपछि…


काठमाडौं । कोभिड-१९ को संक्रमण भएपछि होम आइसोलेसनमा बस्नुपर्छ । अरुलाई कोरोना संक्रमण नहोस् भन्ने उद्देश्यले सरकारले नै मापदण्ड बनाएर संक्रमितलाई होम आइसोलेसनमा बस्न अनुमति दिएको हो ।

सरकारले कोरोना संक्रमितलाई कोभिड आइसोलेसन र अस्पतालमा राख्दै आएकोमा पछिल्लो समय केही सहज बनाएर होम आइसोलेसनमा बस्न पाउने गरी मादण्ड फेरेको हो । तर कोभिड-१९ संक्रमित  नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक कार्यक्रममा सहभागी भएको पाइएको छ ।

युवा संघ नेपालद्वारा भक्तपुरको बालकोटमा आयोजित रक्तदान कार्यक्रममा एमाले अध्यक्ष ओली सहभागी भएपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेको छ ।  आइतबार कोभिड-१९ पोजेटिभ देखिएका ओली तीनदिनमै नेगेटिभ नआई भीडमा गएपछि उनको आलोचना भएको हो ।

कोरोना संक्रमित ओली सार्वजनिक कार्यक्रममा सहभागी भएको भन्दै आलोचना भएपछि युवा संघका इन्चार्ज महेश बस्नेतले अध्यक्ष ओली सामाजिक दूरी कायम गरेर कार्यक्रममा सहभागी भएको भन्दै बचाउ गरेका छन् ।

ओमिक्रोन संक्रमितलाई रगत अभाव हुन नदिन युवा संघले गरेको रक्तदान कार्यक्रममा हौसला प्रदान गर्न अध्यक्ष ओली उपस्थित भएको र दूरी समेत कायम गरिएको भन्दै बस्नेतले यसलाई ठूलो ‘इस्यु’ बनाउनुको अर्थ नभएको धारणा राखेका हुन् ।

क्याटेगोरी : जीवनशैली, प्रदेश, विविध, समाचार
ट्याग : ## ओमिक्रोन, ## बालकोट भक्तपुर, ## युवा संघ नेपाल, ## रक्तदान कार्यक्रम, #केपी ओली, #कोरोना संक्रमित, #नेकपा एमाले, #महेश बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com