कार्यालय प्रमुख फेरिएकै भोलिपल्ट ‘टिआईए’ अध्यागमनमा अख्तियारको छापा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय (टिआईए)मा छापा हानेको छ। ‘टिआईए’ अध्यागमन कार्यालयका प्रमुख सहसचिव तिर्थराज भट्टराईलाई हटाएर विष्णुप्रसाद कोइरालालाई पठाएकै भोलिपल्ट अख्तियारले छापा हानेको हो।
पाँचथरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ‘टिआईए’ अध्यागमनमा हाजिर हुन नपाउँदै अख्तियारले ‘इन्ट्री’ मारेको छ। पटकपटक अध्यागमन कार्यालय जाने कर्मचारीलाई निगरानी राख्दै आएको अख्तियारको टोली छापा हान्न ‘टिआईए’ पुगेको हो। शंकास्पद कर्मचारीलाई अख्तियारले सोधपुछ समेत गरेको छ। गृह मन्त्रालयमा ‘खर्च’ गरेर ‘टिआईए’ पुगेका कर्मचारीहरू समस्यामा परेका हुन्। टिआईए’बाट मन्त्रालय तानिएका सहसचिव भट्टराई अख्तियारको उच्च निगरानीमा छन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस