दुर्गा प्रसाईका भाइ युवराजले सरकारी जग्गा हडपेको पुष्टि 

महानगरले माग्यो ४४६ नम्बर कित्ताको प्रमाण तर, उनले पेश गरे ४६१ कित्ताको कागजात 


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईका भाइ युवराज प्रसाईले धोबीखोला करिडोरस्थित देवीनगरमा सरकारी जग्गा हडपेको पुष्टि भएको छ । युवराजले संरचना बनाएर सटर र टहरा बनाइरहेको जग्गा आफ्नो हो भन्ने प्रमाण पेश गर्न नसकेकाले उनले सरकारी जग्गा हडपेर भाडा खाइरहेको पुष्टि भएको छ ।

काठमाडौं महानगरपालिकाले सरकारी जग्गा हडप्ने युवराजलाई काठमाडौं जिल्ला, कामपा वडा नम्बर १० को सिट नम्बर १०२-११०६-२२ को कित्ता नम्बर ४४६ जग्गा अतिक्रमण गरेको विषयमा सम्रमाण उपस्थित हुन पत्र काटेको थियो । तर उनले कित्ता नम्बर ४४६ को कुनै प्रमाण पेश गरेका छैनन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसीले काटेको पत्रको जवाफ दिँदै युवराजले सार्वजनिक जग्गा अतिक्रमण नगरेको दाबी गरेका छन् । तर महानगरले मागेको ४४६ नम्बर कित्ताको प्रमाण उनले पेश नगरी ४६१ कित्ताको कागजात पेश गरेको पाइन्छ ।

स्वास्थ्य लाइभले दुर्गा प्रसाईका भाइ युवराजले सरकारी जग्गा हडपेको खुलासा गरेपछि काठमाडौं महानगरपालिकाले उनलाई सरकारी जग्गा हडपेको हो होइन सप्रमाण उपस्थित हुन पत्र काटेको थियो । युवराजले अतिक्रमण गरेको सिट नम्बर १०२-११०६-२२ को कित्ता नम्बर ४४६ र २१४ नम्बर जग्गा आफ्नो हो भनेर प्रमाण पेश गर्न सकेनन् । उनले श्रीमती सीता प्रसाईको नाममा रहेको कित्ता नम्बर ४६१ को मात्र प्रमाण पेश गरेका छन् ।

युवराजले अतिक्रमण गरेको त्योसँगै जोडिएको कित्ता नम्बर ४४६ र २१४ जग्गाको विषयमा भने कुनै जवाफ दिएका छैन । उनले त्यो सरकारी जग्गामा ३ वटा सटर हालेर मासिक ५० हजार भाडा खाइरहेका छन् । त्यस्तै रुद्रमती स्कुलको कम्पाउण्ड हडपेर युवराजले एउटा दुई तले टहरो समेत बनाएका छन् ।  अब भने उनले सरकारी जग्गा हडपेर भाडामा लगाई ठगी समेत गरिरहेको पुष्टि भएको छ ।

प्रमाण पेश गर्न नसकेपछि सरकारी जग्गामा दुर्गा प्रसाईका भाइ युवराजले बनाएर भाडा खाइरहेको अनधिकृत संरचना काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को ‘डोजर’को पर्खाइमा देखिन्छ ।

हेनुहोस् युवराजले हडपेर बनाएको संरचना

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #दुर्गा प्रसाई, #धोबीखोला करिडोर सार्वजनिक जग्गा हडप्ने, #युवराज प्रसाई, #वडाध्यक्ष रामकुमार केसी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com