रुद्रमती स्कुलको जग्गा समेत छाडेनन् दुर्गा प्रसाईका भाइ युवराजले


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १० धोबी खोला करिडोरमा रहेको रुद्रमती आधारभूत स्कुलको जग्गा मेडिकल व्यवसायी दुर्गा प्रसाईका भाइ युवराज प्रसाईले हडपेको स्वास्थ्य लाइभले फेला पारेको छ ।

युवाराजले जग्गा हडप्दा रुद्रमती आधारभूत स्कुलको अस्तित्व नै संकटमा परेको छ । रुद्रमती रुकुलमा भर्ना भएका बालबालिकाहरू रमाउने ठाउँमा युवराजले कम्पाउण्ड लगाएका मात्र छैन ३ वटा सटर निकालेर मासिक १० हजार भाडा खाइरहेका छन् । सरकारी/सार्वजनिक जग्गामा संरचना बनाएर भाडा खानु ठगी अन्तर्गतको कसूर हो । तर, सरकारी जग्गामा सटर हाली भाडा खाएर ठगी गरिरहेका युवराजलाई राज्यले छुन सकेको छैन ।

हेनुहोस् युवराजले हडपेर बनाएको संरचना
हेनुहोस् युवराजले हडपेर बनाएको संरचना

काठमाडौं महानगरपालिका वडा नम्बर १० सिट नम्बर १०२११०६२२ को कित्ता नम्बर ४४६, २१४ नम्बर कित्ता सरकारी जग्गा दुर्गा प्रसाईका भाइ युवराजले हडपेका हुन् । प्रसाईको घरसँगै रहेको रुद्रमती स्कुल र देवीनगर क्लबलाई चुनौती दिँदै युवराजले झन्डै ५ आना जग्गा हडपेको देखिन्छ ।

युवराजले स्कुलतिरको भागमा ठूलो पर्खाल लगाएर सार्वजनिक जग्गामा पार्किङ समेत बनाएका छन् । एउटा अर्को टहरो पनि युवराजले सार्वजनिक जग्गामै बनाएका हुन् ।

युवराजले सार्वजनिक जग्गा समेत हडपेर पहेंलो घर बनाएका छन् । उनले सार्वजनिक जग्गा हडपेर भाडा खान थालेपछि छेउमै घर बनाएका अष्टमान महर्जनले पनि ५ वटा सटर हालेर मासिक करिब १ लाख भाडा उठाउने गरेका छन् । युवराज र अष्टमानले सटर हालेर हडपेको सार्वजनिक जग्गा एकै कित्ताभित्रको हो । स्वास्थ्य लाइभलाई प्राप्त कागजात अनुसार जग्गा धनी नेपाल सरकार रहेको उक्त सार्वजनिक जग्गामा युवराजले भाडा खाएर मस्ती गरिरहेका छन् ।

बानेश्वर धोबी खोला करिडोरमा एकातिर भूमाफिया इन्द्र कुमार चाम्लिङ सार्वजनिक जग्गामा ९/१० वटा संरचना बनाएर भाडा खाइरहेका छन् । अर्कातिर युवराज-अष्टमानले स्कुल कै जग्गा हडपेर ठगी गरिरहँदा पनि राज्य बेखबर छ । स्कुल कै महत्त्वपूर्ण स्थानको जग्गा हडपेर संरचना बनाएपछि त्यो ठाउँमा युवराजलाई सानो चाम्लिङ पनि भन्ने गरिन्छ ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह इन्द्र चाम्लिङसहित युवराज-अष्टमानले हडपेको जग्गा फिर्ता ल्याउने तयारी गरिरहेका छन् । सरकारी जग्गा हडपेर बनाएको संरचना भत्काउने तयारी भएपछि युवराज अहिले भूमाफिया चाम्लिङको शरणमा पुगेका छन् ।

सार्वजनिक जग्गा खाने देवीनगरका भूमाफिया चाम्लि-युवराज-अष्टमान एक ठाउँमा उभिएका छन् । सार्वजनिक जग्गामा संरचना बनाएर भाडा खाने यिनीहरूको संरचना मात्र भत्काउने होइन ठगी मुद्दा पनि चलाउन आवश्यक छ ।

अष्टमान महर्जनले सरकारी जग्गामा हालेको सटर र चाम्लिङको पार्किङ
क्याटेगोरी : समाचार
ट्याग : #अष्टमान महर्जन, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ, #भूमाफिया इन्द्र कुमार चाम्लिङ, #युवराज प्रसाई

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com