चाम्लिङको भाइरल टावरसहित काठमाडौंमा भूमाफियाले हडपेको ३०२ रोपनी जग्गा सरकारले ल्यायो फिर्ता


काठमाडौं। सरकारले भूमाफियाले हडपेको ३०२ रोपनी जग्गा ल्यायो फिर्ता ल्याएको छ। बालेन सरकार बनेपछि ‘रावल आयोगको प्रतिवेदन’ कार्यान्वयन गर्ने निर्णय भएको थियो। उक्त निर्णयसँगै काठमाडौंको ३०२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइएको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। देवीनगरका भूमाफिया इन्द्रकुमार चाम्लिङले दुषित दर्ता गराएर खाएको भाइरल टावरको जग्गा समेत नेपाल सरकारको नाममा फिर्ता ल्याएको हो। उक्त भाइरल रावल आयोगमा परेकाले सरकारको नाममा फिर्ता ल्याइएको छ।

सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४, ५,८,९,१०,१२ र २९ को ३०२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ। रावल आयोगको प्रतिवेदनमा सरकारी तथा सार्वजनिक जग्गाका रूपमा औंल्याइएका जग्गा संरक्षण तथा सरकारको नाममा कायम गर्ने निर्णयअनुसार भुमि प्रशासन कार्यालय डिल्लीबजारले काठमाडौं महानगरपालिकाको ७ वटा वडाको ३०२ रोपनी जग्गाको सम्बन्धमा रावल आयोगको प्रतिवेदनअनुसारको क्षेत्रफल कट्टा गरी नेपाल सरकारको नाममा ल्याइएको हो।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गठन गरेको प्रतिवेदन कार्यान्वयन समितिले प्रतिवेदनका आधारमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण भएको उल्लेख गरिएका कित्ताबाट अतिक्रमित भनिएको क्षेत्रफल एकमुष्ट कट्टा गरी नेपाल सरकारको नाममा ल्याउने कार्य शुरु गरेको छ।

सरकारले काठमाडौं महानगरपालिका वडा नम्बर १० स्थित रावल आयोगमा रहेको जग्गा फिर्ता ल्याउने क्रममा चाम्लिङको भाइरल टावर पनि परेको हो। उक्त टावरमा डोजर लाग्ने सम्भावना छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ