उमेर छदै ३० वर्षे सेवा अवधि पूरा गरेका दुई सचिव


काठमाडौं। ३०-५५ पूरा भएका कर्मचारीलाई घर पठाउने गरी चर्चा चलिरहेको छ। ३० वर्ष सेवा अवधि वा ५५ वर्ष पूरा भएका कर्मचारीलाई बिदा दिने गरी सरकारले प्रस्ताव गरेको छ। सम्भवतः अध्यादेशबाटै उक्त व्यवस्था लागू गर्ने कसरत देखिन्छ।

५५ वर्ष उमेर पूरा गरेका दुई दर्जन सचिव रहेका छन्। यिनीहरूमध्ये अधिकांशले ३० वर्षे सेवा अवधि समेत पूरा गरिसकेको पाइन्छ। तर, लोक सेवा आयोगका सचिव रामेश्वर दंगाल र मधेश प्रदेशका सचिव शोभाकान्त पौडेलले भने उमेर छदै ३० वर्षे सेवा अवधि पूरा गरिसकेका हुन्। ५५ वर्ष पूरा हुन दुई वर्ष बाँकी छदै ३० वर्षे सेवा अवधिले नेपाल प्रशासन सेवाका सचिव दंगाल र पौडेललाई भेटेको हो।

लोक सेवा आयोगका सचिव रामेश्वर दंगाल २०३० साल मंसिर २९ गते भक्तपुरमा जन्मिएका हुन्। शोभाकान्त पौडेल २०३० साल भदौ २ गते स्याङजामा जन्मिएका हुन्। दंगाल २०५६ सालमा शाखा अधिकृत भएका थिए। तर, उनले २०५१ सालदेखि कै जागिर जोडाएका कारण ३२ वर्ष सेवा अवधि पुग्छ। दंगालाले २०५१ सालदेखि नै दुर्गम क्षेत्र विकास समिति संखुवासभामा स्थायी लेखापाल पदबाट जागिर सुरू गरेका थिए। जागिर नजोडाएको भए उनलाई ३०-५५ कुनै प्रावधानले छुँदैन थियो। जागिर जोडाएका कारण दंगाललाई ३० वर्षे सेवा अवधिले छोएको हो। यद्यपि उनी सचिवको ५ वर्षे कार्यकाल पूरा गरेर माघमा घर जाँदैछन्।

२०५३ जेठ ८ गते सरकारी सेवामा प्रवेश गरेका शोभाकान्त पौडेल पनि ३० वर्षे सेवा अवधि पूरा गर्ने सचिवमा पर्छन्। उनी ५ महिना पहिला नै ३० वर्ष क्रस गरिसकेका छन्। शोभाकान्त हाल मधेश प्रदेशको प्रमुख सचिवको भूमिकामा छन्। ५३ वर्षको उमेरमै ३० वर्षे सेवा अवधि पूरा गर्ने सचिवमा रामेश्वर दंगाल र शोभाकान्त पौडेल परेका हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #रामेश्वर दंगाल, #शोभाकान्त पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ