६ महिनामै घर जाने तयारीमा रहेका सिडिओहरू
काठमाडौं। ६ महिनाभित्रै आधा दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरू घर जाने तयारीमा छन्। पाँचथर, नवलपरासी, बागलुङ, उदयपुर, मकवानपुर, कञ्चनपुरका सिडिओहरू ५८ वर्ष पूरा भएर अवकाशमा जान लागेका हुन्। ३०-५५ आए पनि नआए पनि उनीहरू ६ महिनाभित्रै घर जाने सूचीमा छन्।
नवलपरासी पश्चिमका सिडिओ दिपकराज नेपाल, पाँचथरका सिडिओ बासुदेव दाहाल, बागलुङका सिडिओ कृष्णप्रसाद आचार्य, मकवानपुरका सिडिओ बसन्त अधिकारी, कञ्चनपुरका सिडिओ मदन कोइराला र उदयपुरका सिडिओ कृष्णबहादुर शाही ६ महिनाभित्रै अवकाशमा जाने भएका हुन्।नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल ४ महिनाभित्र फागुन १० गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्।
पाँचथरका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल ५ महिनाभित्रै अनिवार्य अवकाशमा जाने सूचीमा रहेका छन्। ५८ वर्ष पूरा भएर उनी चैत ९ गते अनिवार्य अवकाशका जाने सूचीमा परेका हुन्।
बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य २०८४ बैशाख ७ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी २०८४ बैशाख १५ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। उदयपुरका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही बैशाख २० गते र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला वैशाख २८ गते अनिवार्य अवकाशमा जान लागेका हुन्। उनीहरू ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जान लागेका हुन्। उनीहरू जतिसक्दो चाँडो घर जाने तयारीमा देखिन्छन्।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस