अतिरिक्तबाट फ्यालिएर फेरि उच्चमा आएका न्यायाधीश


काठमाडौं। तत्कालीन पुनरावेदन अदालतबाट घर गएका १० न्यायाधीशले उच्च अदालतमा फेरि नियुक्ति पाएका थिए। उनीहरूमध्ये ६ जना न्यायाधीश सेवामा कार्यरत देखिन्छन्।

हालका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँगै पुनरावेदन अदालत अतिरिक्त (अस्थायी) न्यायाधीशबाट घर गएकामध्ये रमेशकुमार पोखरेल अग्नीप्रसाद थपलिया, ऋषिराम दवाडी, नित्यानन्द पाण्डेय, राजेश्वर तिवारी, दिनेशप्रसाद यादव, कृष्णलाल भट्टराई नरबहादुर शाही, शान्तिसिंह थापा र यमुना भट्टराई उच्चमा न्यायाधीश नियुक्त भएका थिए। पोखरेल, थपलिया र दवाडी ६३ वर्ष पूरा भएर अवकाशमा गइसकेका छन्। शाही भने बर्खास्तमा परे। बाँकी रहेका नित्यानन्द पाण्डेय र शान्तिसिंह थापा सर्वोच्च अदालतमा पुगेका छन्।

राजेश्वर तिवारी उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीश, दिनेशप्रसाद यादव उच्च अदालत दिपायलका कायममुकायम मुख्य न्यायाधीश रहेका छन्। कृष्णलाल भट्टराई उच्च अदालतको धनकुटा इजरायल र यमुना भट्टराई उच्च अदालत पोखरा, बुटवल इजलासमा कार्यरत छन्। सबैजना उच्चका सिनियर न्यायाधीश हुन्।

पोखरेल र दवाडी सहन्यायाधिवक्ताबाट उच्चमा पुगेका थिए। अग्निप्रसाद थपलिया सहरजिष्ट्रारबाट उच्चमा पुगेका थिए। मुख्य न्यायाधीशबाट अवकाशमा गएका पोखरेल गुठी संस्थानमा राजनीतिक नियुक्ति खाएर पनि पदमुक्त भइसकेका छन्। वकिलबाट आएका पाण्डे, थापा, तिवारी, यादव, भट्टराईद्वय कृष्णलाल र यमुना सेवामा रहेका छन्। तिवारी मुख्य न्यायाधीश भइसकेका छन् भने यादव, कृष्णलाल र यमुना मुख्य न्यायाधीश हुने प्रतिस्पर्धामा देखिन्छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ