वैकल्पिकमा परेर सचिव हुन नपाएका श्याम भण्डारी

काठमाडौं। २०७० चैतमा खुला प्रतिस्पर्धाबाट सहसचिव भएका शोभाकान्त पौडल र भूपाल बराल सचिव भइसकेका छन्। एकैदिनका सहसचिव पौडेल र बराल दुई हप्ताको फरकमा सचिव भएका हुन्। पौडेल र बरालसँगै वैकल्पिकमा परेका श्यामप्रसाद भण्डारी भने अहिले अर्थ मन्त्रालयको प्रवक्ताको भूमिकामा छन्।
स्याङ्जाका पौडेल, सिन्धुलीका बरालसँगै प्रतिस्पर्धामा गरेका मोरङका भण्डारी वैकल्पिकमा पर्दा अहिले सहसचिवमै छन्। भण्डारी २०७४ वैशाखमा मात्र आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएकाले पछाडि परेका हुन्। उनलाई सचिव बन्न अझै केही समय लाग्नेछ।
क्याटेगोरी : समाचार
ट्याग : #भूपाल बराल, #शोभाकान्त पौडेल, #श्याम प्रसाद भण्डारी
तपाईको प्रतिक्रिया दिनुहोस