स्वास्थ्य संस्थाको यथार्थ विवरण खोज्दै काठमाडौं महानगरपालिका


काठमाडौं । महानगरभित्र रहेका स्वास्थ्य संस्थाहरूको विवरण खोज्न काठमाडौं महानगरपालिका सक्रिय भएको छ ।  काठमाडौं महानगरपालिकाले सार्वजनिक सूचना नै निकालेर स्वास्थ्य संस्थाहरुको यथार्थ विवरण मागेको हो ।

काठमाडौं महानगरपालिकाभित्र ३२ वटै वडाहरुमा स्वास्थ्य संस्थाहरूको तथ्याङ्क संकलन गर्न महिला स्वास्थ्य स्वयंसेविकाहरू समेत परिचालन भइसकेका छन् ।

काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले चैत १० गतेदेखि नै स्वास्थ्य संस्थाहरूको यथार्थ विवरण संकलन गर्न फिल्डमै स्वास्थ्य स्वयंसेविकाहरू खटाएको छ । उनीहरूलाई सही सूचना र विवरण उपलब्ध गराई आवश्यक सहयोग गरिदिनका लागि समेत सम्बन्धित पक्षलाई स्वास्थ्य सेवा विभागले अनुरोध गरेको छ ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सरकारी, सामुदायिक, सहकारी र निजीस्तरबाट सञ्चालनमा रहेका विभिन्न प्रकृतिका स्वास्थ्य संस्थाहरूको यथार्थ विवरणसहितको तथ्याङ्क संकलन गर्नका लागि २०७९/८० मा कार्यक्रम स्वीकृत भएको थियो । उक्त स्वीकृत कार्यक्रम अनुसार स्वास्थ्य विभागले विवरण संकलनको काम सुरु गरेको हो ।

 

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #स्वास्थ्य संस्था

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com