महालेखा नियन्त्रक रघुराम विष्ट सेवानिवृत्त

काठमाडौं। महालेखा नियन्त्रक रघुराम विष्ट अनिवार्य अवकाशमा गएका छन्। ५८ वर्षे उमेर हदका कारण सचिव विष्ट अनिवार्य अवकाशमा गएका हुन्। गणेशप्रसाद पाण्डे अनिवार्य अवकाशमा विष्ट महालेखा नियन्त्रक भएर आएका थिए। उनी पनि घर गएका छन्।
२०२४ साल जेठ २४ गते मकवानपुरमा जन्मिएका विष्ट २९ वर्ष सरकारी सेवामा बिताएर सेवानिवृत्त भएका छन्। २०८१ कार्तिक ८ गते सचिवमा बढुवा भएका विष्ट गण्डकी प्रदेशको प्रमुख सचिव हुँदै महालेखा नियन्त्रक भएर काठमाडौं छिरेका थिए। २०७० साल चैतमा आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएका विष्ट करिब ८ महिना सचिव चलाएर अनिवार्य अवकाशमा गएका हुन्। एक हप्ते महालेखा नियन्त्रक भएर विष्ट सरकारी सेवाबाट सधैंका लागि घर गएका छन्।
विष्ट कै ‘ब्याची’ सहसचिव केदारनाथ शर्मा भूमिको सचिव, लोकनाथ पौड्याल उपराष्ट्रपति कार्यालयको सचिव, गोविन्दबहादुर कार्की प्रधानमन्त्री कार्यालयको सचिव, महादेव पन्थ वित्त आयोगको सचिव र बाबुराम अधिकारी लुम्बिनी प्रदेशको प्रमुख सचिव छन्। ५८ वर्षे उमेर हद कायम रहँदा कार्कीबाहेक कसैले पाँच वर्ष सचिव चलाउन पाउँदैनन्। २०८३ सालमा पौड्याल अधिकारी र पन्थ ५८ वर्ष पुग्दैछन्। छोटो समयमा लागि महालेखा नियन्त्रक भएर विष्ट ५८ वर्षे विष्ट सरकारी सेवाबाट बाहिरिएका छन्।
क्याटेगोरी : समाचारट्याग : #रघुराम विष्ट
तपाईको प्रतिक्रिया दिनुहोस