पूर्वको आकर्षक मालपोत ईनरूवामा घिमिरे, बेलबारीमा कोइराला


काठमाडौं। पूर्वको मालपोत कार्यालयमध्ये सुनसरीको ईनरूवा मालपोत आकर्षक हो। ईनरुवामा प्रमुख मालपोत अधिकृत भएर उपसचिव मदन घिमिरे गएका छन्। घिमिरे ईनरुवापछिको आकर्षक मालपोत कार्यालय बेलबारीबाट त्यहाँ गएका हुन्। बेलबारीमा भने काभ्रेपलाञ्चोक मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत दिपक कोइराला पुगेका छन्।

भूमिसुधार तथा मालपोत कार्यालय बिराटनगर, मोरङमा भने धरान मालपोतका प्रमुख मालपोत अधिकृत शेरबहादुर भण्डारी गएका हुन्। भण्डारीलाई यसअघि नै बिराटनगर पठाउने निर्णय भएपनि भानुभक्त न्यौपानेले अदालतबाट ‘स्टे-अर्डर’ ल्याएपछि धरानमै रोकिएका थिए। न्यौपाने ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि भण्डारीको यात्रा धरानबाट बिराटनगरतिर अघि बढेको छ। धरानको प्रमुख मालपोत अधिकृतमा भने सर्लाहीको हरिवन मालपोत विष्णुप्रसाद सिटौलालाई पठाइएको हो।

दमक मालपोतबाट प्रमुख मालपोत अधिकृत दिपककुमार निरौलालाई काभ्रेपलाञ्चोकको धुलिखेल मालपोत पठाइएको छ।दकम मालपोतमा प्रमुख मालपोत अधिकृत तत्काललाई खाली भएको छ।

मालपोत कार्यालय खैरहनी, चितवनका प्रमुख मालपोत अधिकृत मनोजकुमार शैनी रुपन्देही मालपोत पुगेका छन्। रुपन्देही प्रमुख मालपोत अधिकृत खेमनारायण पौडेल भने बागलुङ मालपोत पुऱ्याइएका छन्। बागलुङ प्रमुख मालपोत अधिकृत खिमानन्द आचार्यको भूमि व्यवस्थापन तथा अभिलेख विभागमा सरूवा भएको छ।

मालपोत कार्यालय कास्कीका प्रमुख मालपोत अधिकृत राजेन्द्रप्रसाद पौडेल चितवनको खैरहनी मालपोततिर सरेका छन्। भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापाका प्रमुख मालपोत अधिकृत राजेशप्रसाद पोखरेल हरिवन मालपोत सरेका हुन्। भद्रपुर मालपोतको हाकिम भएर भूमि मन्त्रालयबाट लिलामणि न्यौपाने गएका छन्।

 

क्याटेगोरी : समाचार
ट्याग : #खिमानन्द आचार्य, #खेमनारायण पौडेल, #दिपक कोइराला, #दिपककुमार निरौला, #मदन घिमिरे, #राजेन्द्रप्रसाद पौडेल, #राजेशप्रसाद पोखरेल, #लिलामणि न्यौपाने, #विष्णुप्रसाद सिटौला, #शेरबहादुर भण्डारी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ