स्वास्थ्य मन्त्रालय लेखा अधिकृतको नियन्त्रणमा : पाँच स्थानमा दरबन्दी भएको व्यक्ति फाजिलमा 


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफ्नो निजी सचिवमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत लेखा अधिकृत मधु मिजारलाई राखेका छन् । मन्त्रीको निजी सचिव उपसचिव हुने व्यवस्था र परम्परा रहँदै आएको छ । यस अगाडिका सबै मन्त्रीहरुले उपसचिव राख्ने गरेका थिए । राज्यमन्त्रीको हकमा भने निजी सचिव अधिकृत हुने व्यवस्था छ ।

प्रशासन नबुझेका मिजार अरु केही गर्न नजानेका बिल काट्न र कसरी हिसाब मिलाउनु पर्छ भन्ने कुरामा पोख्त मानिन्छन् । त्यही भएर पनि मन्त्री विरोध खतिवडाले उनलाई निजी सचिवका रुपमा सहजै स्वीकार गरेको मन्त्रालयका अधिकारीहरु बताउँछन् । अहिले तिनै लेखा अधिकृतको कब्जामा स्वास्थ्य मन्त्रालय पुगेको छ । स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरु नै भन्छन्, ‘मन्त्रीको छायाँ बनेर मन्त्रालय र कर्मचारीहरुलाई आतंकित बनाउने काम मिजारबाट भइरहेको छ ।’, मिजारबाहिर चिनिएका व्यक्ति हैनन् । त्यसैले पनि आफूले सोचेअनुसारको योजना बनाएर काम गर्न उनलाई खासै समस्या छैन ।

ट्रमा सेन्टरका लेखा अधिकृत मिजार उठाउँ धन्दामा निकै पोख्त देखिएका छन् । मिजारले नयाँ पार्टी भएकाले पार्टीलाई सहयोग गर्नुपर्‍यो हजूर भनेर धैरे ठाउँमा दाम उठाएको स्वास्थ्य लाइभले विश्वस्त स्रोतबाट जानकारी पाएको छ । यो कुरा स्वास्थ्य लाइभले उपयुक्त समयमा सार्वजनिक गर्नेछ ।

मंगलबार गरेको सरुवामा पनि उनले सचिवदेखि अन्य उच्च अधिकारीलाई बाइपास गरेको बुझिएको छ । कोशी अस्पतालको मेसु परिवर्तन गर्दा उनले तीनलाख रुपैयाँ बुझेको सुनिएको छ । यसबारेमा हामीले खोजी सुरु गरेका छौं । त्यस्तै एक महिनाको बिचमा राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रकी निर्देशक डा. सुधा देवकोटालाई हटाएर पुन: फर्काइएको छ । त्यसकोभित्री रहस्य पनि आर्थिक लेनदेनमा भएको अनुमान छ । देवकोटाको सेवा समूह अस्पतालमा हो । उनको राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रमा हैन् ।

मन्त्रीविरोध खतिवडा र मधु मिजारका कारण स्वास्थ्य मन्त्रालय इतिहासमै पहिलो पटक दङदङती गनाएको छ । कतिपय नखुलेका कार्यकर्ता नियमित मन्त्रालयमा पत्रकार देखेर आजित छन् । मन्त्रालय वरिपरि पत्रकारहरु हुँदा लेनदेनमा उनीहरुलाई ठूलो समस्या छ । चार महिनाकोबीचमा दुई पटक उच्च अधिकारीको सरुवाले स्वास्थ्य मन्त्रालय बदनाम बनेको छ । स्वास्थ्यमा अस्थिर निम्त्याएर फाइदा उठाउनेकाम मिजार र मन्त्री खतिवडाबाट भइरहेको छ चिकित्सकहरु भन्छन् ।

यसैले पुष्टि गर्छ अर्थिक लेनदेन  

गत मंगलबार गरिएको सरुवा राम्रो नियतले गरेको हैन । समूह मिल्नेलाई उसले पाउने जिम्मेवारी दिइएन् । पाँच स्थानमा दरबन्दी भएका स्वास्थ्यकर्मीलाई एकै ठाउँ पनि जिम्मेवारी नदिएर फाजिलमा राख्नुले आर्थिक लेनदेनमा मात्रै सरुवा भएको छ भन्नलाई कुनै हिचकिचाहट हुँदैन ।

डा. प्रकाश शाहको दरबन्दी पाँच स्थानमा छ । तर, उनि फाजिलमा छन् । यदि सरुवा गर्दा पनि उनलाई सेवा समूह नमिल्ने र प्रदेशमा पठाउने प्रयास भएको बुझिएको छ । डा. शाहको समूह मिल्ने इपिडिमियोलोजी महाशाखा, परिवार कल्याण महाशाखा, राष्ट्रिय एड्स तथा यौन रोग केन्द्र, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र मन्त्रालयको नीति योजना महाशाखा हो । यी मध्ये परिवार कल्याण महाशाखामा डा. विवेक लाल छन् उनको मात्रै समूह मिलेको छ । अन्य सबै ठाउँमा अस्पतालको मेसु हुने व्यक्ति महाशाखा प्रमुख भएका छन् ।

क्याटेगोरी : सुशासन
ट्याग : #उठ्ती धन्दा, #घुसखोरी, #डा. सुधा देवकोटा, #राष्ट्रिय ट्रमा सेन्टर, #लेखा अधिकृत मधु मिजार निजी सचिव, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्यमन्त्री विरोध खतिवडा

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com