स्वास्थ्य मन्त्रालयकाे नाम अब, स्वास्थ्य तथा खाद्य प्रविधि मन्त्रालय


काठमाडौं । सरकारले मन्त्रालयहरूको संरचना पुनःगठन गर्ने तयारीसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नाम परिवर्तन गर्ने निर्णय लिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ” स्वास्थ्य तथा खाद्य प्रविधि मन्त्रालय” राख्ने निर्णय गरेकाे छ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग (DFTQC) लाई पनि नयाँ संरचना अन्तर्गत स्वास्थ्य तथा खाद्य प्रविधि मन्त्रालयमै गाभ्ने योजना बनाइएको छ। यससँगै खाद्य सुरक्षा र जनस्वास्थ्यलाई एउटै छातामुनि राख्ने सरकारको रणनीति देखिएको छ।

त्यसैगरी, खानेपानी मन्त्रालय अन्तर्गतको सरसफाइसम्बन्धी काम स्वास्थ्यतर्फ ल्याउने र पूर्वाधार निर्माणसम्बन्धी काम भने भौतिक योजना मन्त्रालयमा समायोजन गर्ने तयारी भइरहेको छ।

सरकारले मन्त्रालयहरूको कार्यक्षमता बढाउने उद्देश्यले विभिन्न मन्त्रालय गाभ्ने तथा नाम परिवर्तन गर्ने काम औपचारिक रूपमा अगाडि बढाएको जनाइएको छ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ