भूमाफिया चाम्लिङको कम्पाउण्डभित्र सार्वजनिक ढुङ्गेधारा
काठमाडौं। देवीनगरका भूमाफिया इन्द्रकुमार चाम्लिङले सार्वजनिक ढुङ्गेधारा कब्जा गरेर कम्पाउण्डभित्र हालेका छन्। चाम्लिङले बनाएको आफू बस्ने हरियो घरको कम्पाउण्डभित्र भूमाफिया चाम्लिङले सार्वजनिक ढुङ्गेधारा हालेर निजी प्रयोगका लागि कब्जा गरेका हुन्।
कुनैबेला देवीनगर क्षेत्रका बासिन्दाले सार्वजनिक रूपमा प्रयोग गर्दै आएको उक्त ढुङ्गेधारा भूमाफिया चाम्लिङले घर बनाएपछि कम्पाउण्डभित्र हालेका थिए। त्यसैले उनको हरियो घर पनि केही भाग सरकारी जग्गा मिचेर बनेको देखिन्छ। ५५५ र ७७७ नम्बर कित्ता जग्गाको पूर्जा देखाएर रावल आयोगले छुट्याइएको जग्गा पनि कब्जा गरेको पाइन्छ। ढुङ्गेधाराले चर्चेको जग्गा पनि भूमाफिया चाम्लिङले आफ्नो बनाएका छन्।५५१, ७७१ नम्बर लगायतका कित्ता जग्गा रावल आयोगले ढुङ्गेधाराको देखाउँछ। तर, उक्त जग्गा र ढुङ्गेधारा समेत भूमाफिया चाम्लिङले कब्जा गरेका हुन्।
भूमाफिया चाम्लिङले पार्किङ बनाएको ठाउँबाट ढुङ्गेधारा र हरियो घरको अतिक्रमित भागमा डोजर लगाउँदा लगाउँदै डोजर रोकिएको छ। डोजर चल्दाचल्दै हतियार भेटेको चर्चापछि डोजर रोकिएको छ। तर, उक्त हतियार कस्तो हो भन्ने कुरा स्वतन्त्र पुष्टी हुन सकेको छैन। उक्त घर कम्पाउण्डबाट ढुङ्गेधारा बाहिर ल्याएर सार्वजनिक पहुँच र प्रयोगमा ल्याउनुपर्ने स्थानीयहरूको भनाइ छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस