स्वास्थ्य सेवा विभागको “दुधालु शाखा” मा वर्षौदेखि जमेको समूह, सरुवा प्रणालीमाथि प्रश्न


काठमाडौं । स्वास्थ्य, जनसंख्या तथा खानेपानीमन्त्री निशा मेहताले बुधबार स्वास्थ्यमा लामो समयदेखि जरा गाडेर बसेका केही ‘क्रोनिक’ कर्मचारीको सरुवा गरेकी छिन्।

विशेषगरी वर्षौदेखि अड्डा जमाएर बसेका स्वास्थ्य समन्वय महाशाखा प्रमुख भिमप्रसाद सापकोटा ५ वर्ष ७ महिना एउटै शाखा- महाशाखामा बसेपछि सरुवा भएका छन्। उनलाई सुशासनको प्रत्याभूति दिलाउने उद्देश्यसहित मन्त्रीले हेटौंडा सरुवा गरेकी हुन्।

भिम सापकोटाको सरुवालाई स्वास्थ्य प्रशासनभित्र सुशासनतर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। लामो समयदेखि एउटै शाखा तथा महाशाखामा बस्दै आएका कर्मचारीमाथि पहिलोपटक नियम अनुसार निर्मम रूपमा हस्तक्षेप भएको हाे।

नियमअनुसार कर्मचारीहरू एक स्थानमा सामान्यतः दुई वर्षभन्दा बढी बस्दैनन् र नियमित सरुवा प्रणाली लागू हुने व्यवस्था छ। तर विगतमा राजनीतिक पहुँच, प्रशासनिक प्रभाव र आन्तरिक सेटिङका कारण एउटै शाखा वा महाशाखामा वर्षौसम्म बस्ने अभ्यास रहँदै आएको थियाे। यसपटक मन्त्रालयले त्यस्ता अभ्यासको पुनरावलोकन सुरु गरेको छ । स्वास्थ्य सेवा विभाग भित्र अझै बाँकी छ ।

मन्त्रालयले “दुधालु शाखा” भनेर चिनिने उच्च अवसर, बजेट र दातृ निकायसँग प्रत्यक्ष सम्बन्ध हुने महाशाखा तथा शाखाहरूमा लामो समयदेखि कार्यरत कर्मचारीहरूको सूची संकलनसमेत थालेकाे छ। यस्ता शाखाहरू आर्थिक कार्यक्रम, परियोजना कार्यान्वयन तथा अन्तर्राष्ट्रिय साझेदारसँगको समन्वयमा प्रत्यक्ष जोडिने भएकाले यहाँ लामो समय एउटै व्यक्ति रहँदा पारदर्शिता र सुशासन प्रणाली कमजोर हुने जोखिम रहन्छ।

यसैबीच स्वास्थ्य सेवा विभाग तथा मातहतका शाखामा वर्षौदेखि एउटै पद तथा शाखामा कार्यरत कर्मचारीहरूको विवरण स्वास्थ्य लाइभले सार्वजनिक गरेकाे छ। मन्त्राालय गर्ने तर, विभागमा सेटिङगरी लामाे समय बस्ने कर्मचारी सरुवा नभए अहिले गरिएको सरुवा प्रणालीको निष्पक्षतामाथि थप प्रश्न उठ्नेछ।

वर्षौदेखि “दुधालु शाखा” मा कार्यरत कर्मचारीहरू

बाला राई
नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा अन्तर्गत नर्सिङ क्षमता विकास शाखा:
२०७६ भाद्रदेखि हालसम्म कार्यरत; करिब ६ वर्ष ७ महिना

डा. हेमन्तचन्द्र ओझा 
स्वास्थ्य सेवा विभाग, उपचारात्मक महाशाखा:
२०७५ सालदेखि हालसम्म (विभिन्न जिम्मेवारीमा विभागमै); करिब ७ वर्ष ८ महिना

डा. पोमावती थापा
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, एनसीडी तथा मानसिक स्वास्थ्य शाखा:
२०७६ सालदेखि हालसम्म; करिब ६ वर्ष ७ महिना

लिला विक्रम थापा
परिवार कल्याण महाशाखा, पोषण शाखा:
२०७८ मंसिरदेखि हालसम्म; करिब ४ वर्ष ४ महिना

हिरा निरौला
नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा (निर्देशक):
२०७८ जेठदेखि हालसम्म; करिब २ वर्ष ११ महिना

डा. गोकर्ण दाहाल
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, किटजन्य रोग नियन्त्रण शाखा:
२०७८ साउनदेखि हालसम्म; करिब ४ वर्ष ९ महिना

अनु शाक्य
व्यवस्थापन महाशाखा, पूर्वाधार शाखा:
२०७८ वैशाखदेखि हालसम्म; करिब ४ वर्ष ११ महिना

डा. अभियान गौतम
परिवार कल्याण महाशाखा, खोप शाखा:
२०७८ माघदेखि हालसम्म; करिब ४ वर्ष २ महिना

शर्मिला पौडेल
परिवार कल्याण महाशाखा, परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखा:
२०७८ देखि हालसम्म विभागमा; २ वर्ष ५ महिना

कविता अर्याल
नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा, जेरियाट्रिक तथा लैंगिक हिंसा शाखा:
२०७८ देखि हालसम्म; करिब २ वर्ष ५ महिना

डा. गौरी प्रधान
परिवार कल्याण महाशाखा, नवजात शिशु शाखा:
२०७९ भदौदेखि हालसम्म; करिब ३ वर्ष ७ महिना

डा. माधव लम्साल
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र:

स्वास्थ्य सेवा विभाग ७ वर्ष भन्दा बढी

डा. फणीन्द्र बराल
इपिडिमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखा, बिचमा केही समय वीर अस्पताल बाँकी ५ वर्षभन्दा बढी एउटा शाखामा

अस्पताल सुधार कार्यविधि २०८२ कार्यान्वयन र सुधारका लागि महत्वपूर्ण मानिने हेमन्त झा, डा फणीन्द्र बराल, डा. गाैरी, पाेमावती, बाला जस्ता अधिकांश कर्मचारी “दुधालु शाखा” मा दीर्घकालीन रूपमा बसिरहनु प्रशासनिक दृष्टिले उपयुक्त नहुने स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन् ।

कतिपय पदहरू अस्पताल सेवासँग प्रत्यक्ष सम्बन्धित भए पनि कर्मचारी विभागमै केन्द्रित रहँदा सेवा प्रवाह र प्रणालीगत सुधारमा असर पर्ने तर्क पनि उठ्ने गरेको छ ।

विशेषगरी यी शाखाहरू दातृ निकाय, एनजीओ तथा आईएनजीओसँग प्रत्यक्ष समन्वय हुने संवेदनशील संरचना भएकाले बजेट प्रवाह, परियोजना छनोट र कार्यान्वयन प्रक्रियामा प्रभाव केन्द्रित हुने आशंका प्रशासनिक वृत्तमा छ।

सुशासन, पारदर्शिता र आर्थिक अनुशासनको दृष्टिले हेर्दा, एउटै संरचनामा लामो समय बस्ने अभ्यासले नीति कार्यान्वयनमा निरन्तरता त दिन सक्छ, तर शक्ति सन्तुलन, निर्णय प्रक्रियाको निष्पक्षता र आर्थिक स्रोतको पारदर्शितामाथि प्रश्न उठ्ने आधार पनि सिर्जना गर्छ।

त्यसैले अहिलेको सरकारले अघि सारेको सुशासन र जवाफदेहिताको लक्ष्यअनुसार यस्ता संरचनाको पुनरावलोकनलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

मन्त्रालयको पछिल्लो कदमलाई केवल सरुवा प्रक्रिया नभई स्वास्थ्य प्रशासनमा वर्षौदेखि जमेर बसेको संरचना, आर्थिक नियन्त्रण प्रणाली र परियोजना व्यवस्थापनको पारदर्शितामाथिको ठूलो परीक्षणका रूपमा हेरिएको छ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार, सुशासन
ट्याग : ## सुशासन, ##dohs nepal, ##kabita aryal, ##mohp nepal, #bala Rai, #madhav lamsal, #poma, #Sarmila poudel

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ