श्रीमान् महावाणिज्यदूत श्रीमती परराष्ट्रको उपसचिव


काठमाडौं। परराष्ट्र सेवाका अधिकृत हुँदै प्रशासन सेवाको सहसचिव बनेका भरत खनाल अहिले ग्वान्जाओको महावाणिज्यदूत रहेका छन्। उनकी श्रीमती तारा गौतम परराष्ट्र सेवाको उपसचिवमा बढुवा भएकी छिन्।

कार्यक्षमताका आधारमा परराष्ट्र सेवाको उपसचिवमा बढुवा सिफारिस भएकी गौतम र प्रशासन सेवाको सहसचिव भएर ग्वान्जाओको महावाणिज्यदूत खनाल परराष्ट्र सेवामा शाखा अधिकृतका ‘ब्याची’ हुन्। अछामका खनाल र संखुवासभाकी गौतमको करियरसँगै पारिवारिक यात्रा पनि सुरू भएको थियो। खनाल सहसचिव भएर परराष्ट्र मन्त्रालय अन्तर्गत कै चीनको ग्वान्जाओस्थित महावाणिज्यदूतावासको कमाण्ड सम्हाल्न पुगेका छन्। परराष्ट्रमन्त्री आरजु राणा देउवाको सचिवालयमा रहेकी खनालकी श्रीमती गौतमले उनलाई ग्वान्जाओको महावाणिज्यदूत बनाउन भूमिका खेलेको चर्चा छ। उनै गौतम अहिले परराष्ट्रको उपसचिवमा बढुवा भएकी छिन्।

परराष्ट्रमा सहसचिव, उपसचिव र शाखा अधिकृतको दरबन्दीको ‘बाढी’ आएपछि गौतम उपसचिव बन्न सफल भएकी हुन्। परराष्ट्र सेवा कै उपसचिवमा श्रीमान्-श्रीमती एकैचोटी बढुवा भएका छन्। कार्यक्षमताका आधारमा प्रतिक कार्की र एशु बस्नेत उपसचिवमा बढुवा भएका हुन्। कार्की र बस्नेत श्रीमान्-श्रीमती हुन्। उनीहरू परराष्ट्रको शाखा अधिकृत र उपसचिव सँगसँगै भएका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #तारा गौतम, #भरत खनाल सहसचिव

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ