उदयराज सापकोटा सेवानिवृत्त भएसँगै निर्मलालाई सचिव हुने बाटो खुल्यो

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले अनिवार्य अवकाश पाएका छन्। ५ वर्ष सचिव चलाएर सापकोटा कानुन सचिवबाट बिदा हुन भएका हुन्। सापकोटा अवकाशमा गएसँगै निर्मला अधिकारी भट्टराईलाई सचिव हुने बाटो खुला भएको छ।
२०७३ जेठमा नेपाल न्याय सेवा, कानुन समूहको सहसचिव भएकी निर्मला ९ वर्षपछि सचिवमा बढुवा हुन लागेकी हुन्। हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कार्यरत निर्मला सापकोटा जस्तै पाँच वर्षै सचिव चलाउनेमा पर्छिन्। निर्मलासँगै सहसचिव भएका पाराश्व ढुंगाना सचिव भएर नेपाल कानुन आयोग हुँदै सत्य निरूपण तथा मेलमिलाप आयोग पुगेका छन्। निर्मलाको बल्ल सचिव बन्ने पालो आएको हो।
महिला कोटाबाट सहसचिव भएकी निर्मला सचिव भएर न्यायाधीशमा जाने सम्भावना पनि उत्तिकै देखिन्छ। निर्मलापछि इन्दिरा दाहाल कानुन समूहको सचिव हुनेछिन्। नेपाल कानुन आयोगका सचिव आलोकचन्द्र श्रेष्ठ पनि साउन पहिलो हप्ता ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन्।
क्याटेगोरी : समाचार
ट्याग : ##उदयराज सापकोटा, #आलोकचन्द्र श्रेष्ठ, #इन्दिरा दाहाल, #सहसचिव निर्मला अधिकारी भट्टराई
तपाईको प्रतिक्रिया दिनुहोस