कानुन समूहको सचिव बन्न २ महिलाबीच प्रतिस्पर्धा 


काठमाडौं। नेपाल न्याय सेवा, कानुन समूहको सहसचिव बन्नका लागि दुई जना महिलाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ। उदयराज सापकोटा अनिवार्य अवकाशमा गएसँगै सहसचिव निर्मला अधिकारी भट्टराई र इन्दिरा दाहाल भट्टराई सचिव बन्ने प्रतिस्पर्धामा देखिन्छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सहसचिव निर्मला र निर्वाचन आयोगमा कार्यरत इन्दिराबीच कानुन समूहको सचिव बन्ने प्रतिस्पर्धा देखिएको हो।

निर्मला २०७३ जेठ ७ गते महिला कोटाबाट नेपाल न्याय सेवा, कानुन समूहको सहसचिव बनेकी हुन्। इन्दिरा २०७३ असार ३ गते उपसचिवबाट बढुवा भएर सहसचिव भएकी हुन्। एक महिनाको फरकमा सहसचिव बनेका निर्मला र इन्दिरा सचिव बन्ने दौडमा छन्।

निर्मला सचिव भए पूरै पाँच वर्ष चलाउन पाउँछिन् भने इन्दिरा ५८ वर्षे उमेर हदका कारण २ वर्ष मात्र सचिव चलाउनेमा पर्छिन्। कानुन समूह कै सचिव आलोकचन्द्र श्रेष्ठ १ महिनापछि अवकाशमा जाने भएकाले वरिष्ठता नमिच्दा निर्मला नै पहिला सचिव हुने सम्भावना छ। उदयको ठाउँमा निर्मला र आलोकको ठाउँमा इन्दिरा सचिव बन्नु स्वभाविक देखिन्छ।

निर्मला वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका पूर्वकार्यकारी निर्देशक एवं विद्युत नियमन आयोगका सदस्य डा. मधुसुदन अधिकारीकी श्रीमती हुन् भने इन्दिरा वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईकी श्रीमती हुन्। दुबै सहसचिवको राजनीतिक पृष्ठभूमि पनि एउटै रहेको पाइन्छ।

क्याटेगोरी : समाचार
ट्याग : ##उदयराज सापकोटा, #आलोकचन्द्र श्रेष्ठ, #इन्दिरा दाहाल, #सहसचिव निर्मला अधिकारी भट्टराई

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ