२०६६ कार्तिकमा उपसचिव भएकामध्ये सबैभन्दा पहिला सचिव बन्ने कर्ण

काठमाडौं। २०६६ साल कार्तिकमा उपसचिव भएकामध्ये कृष्णहरि पुष्कर कर्ण सबैभन्दा अगाडि सचिव भएका छन्। उनलाई पछ्याउँदै रुद्रसिंह तामाङ सचिव हुने लाइनमा छन्।
२०६६ सालमा खुला र समावेशीबाट लिएको परीक्षामा कृष्णहरि पुष्कर कर्ण मधेशी कोटाबाट उपसचिव भएका थिए। त्यस्तै आदिवासी/जनजाति कोटाबाट कर्णसँगै रुद्रसिंह तामाङ उपसचिव बन्न सफल भएका थिए। खुलाबाट उपसचिव भएका कर्ण त्यसको १ वर्षपछि मधेशी कोटाबाटै सहसचिव भए। उनी सचिव भएको पनि ४ वर्ष हुन लागेको छ।
कर्णसँगै आदिवासी/जनजाति कोटाबाट उपसचिव भएका तामाङ भने ५ वर्षपछि आन्तरिक प्रतिस्पर्धाबाट मात्र सहसचिव बने। उनी पनि सचिव बन्ने लाइनमा छन्।
कर्ण र तामाङ समावेशी कोटाबाट उपसचिव हुँदा खुला प्रतिस्पर्धाबाट हिरालाल रेग्मी, अर्जुनकुमार शर्मा र प्रेमप्रसाद सञ्जेल उपसचिव भएका थिए। उनीहरूमध्ये सञ्जेल उपसचिवबाटै घर गए। शर्मा २०७६ पुसमा सहसचिवमा बढुवा भएर अनिवार्य अवकाशमा गोइसकेका छन्। शर्मासँगै सहसचिवमा बढुवा भएका रेग्मी अहिले नवलपरासी पश्चिमको प्रमुख जिल्ला अधिकारीको भूमिकामा छन्।
२०६६ कार्तिकमै ईश्वरराज पौडेल, छबिन्द्र पराजुली, दिपक घिमिरे, महेश आचार्य, सुमन घिमिरे, शिवराम न्यौपाने, नवराज ढकाल, ओमबहादुर खड्का, यज्ञराज कोइराला, प्रदिपराज अधिकारी, कोशहरि निरौला, ईश्वरीप्रसाद अर्याल र कृष्णप्रसाद लम्साल आन्तरिक प्रतिस्पर्धाबाट उपसचिव भएका थिए। यीमध्ये अहिले अधिकांश सहसचिवको भूमिकामा छन्।
ईश्वरराज पौडैल, छबिन्द्र पराजुली, महेश आचार्य, सुमन घिमिरे, शिवराम न्यौपाने, नवराज ढकाल, यज्ञराज कोइराला र ईश्वरीप्रसाद अर्याल लेखेर सहसचिव भए। ओमबहादुर खड्का, प्रदिपराज अधिकारी, कोशहरि निरौला, कृष्णप्रसाद लम्साल र दिपक घिमिरे भने फाइल बढुवामार्फत सहसचिव भएका थिए।
आन्तरिक प्रतिस्पर्धा र समावेशीबाट आएका अधिकांश सचिव हुने लाइनमा छन्। खुला प्रतिस्पर्धाबाट आएका सञ्जेल उपसचिवबाटै अवकाशमा गए। अर्जुनकुमार शर्मा सहसचिवमा उक्लिएर अवकाश भइसके। रेग्मी सहसचिवबाटै घर जाने देखिन्छ। आन्तरिक प्रतिस्पर्धाबाट आएका अर्याल र न्यौपाने सहसचिवबाटै बिदा भइसकेका छन्। कोइराला पनि सहसचिवबाटै घर जाने तरखरमा छन्।
क्याटेगोरी : समाचारट्याग : #अर्जुनकुमार शर्मा, #ईश्वरराज पौडैल, #ईश्वरीप्रसाद अर्याल, #ओमबहादुर खड्का, #कृष्णप्रसाद लम्साल, #कृष्णहरि पुष्कर कर्ण, #कोशहरि निरौला, #छबिन्द्र पराजुली, #दिपक घिमेर, #नवराज ढकाल, #प्रदिपराज अधिकारी, #प्रेमप्रसाद सञ्जेल, #महेश आचार्य, #यज्ञराज कोइराला, #रुद्रसिंह तामाङ, #शिवराम न्यौपाने, #सुमन घिमिरे, #हिरालाल रेग्मी
तपाईको प्रतिक्रिया दिनुहोस