गृहको बरण्डामा हल्लिरहेका सहसचिवहरूको व्यवस्थापन


काठमाडौं। गृह मन्त्रालयको बरण्डामा हल्लिरहेका सहसचिवहरूको व्यवस्थापन भएको छ। अधिकांश सहसचिवहरू प्रमुख जिल्ला अधिकारी (सिडिओ) भएर गएका छन् भने केहीको जहाज बरण्डामै छुटेको छ।

गृह मन्त्रालयको बरण्डामा ५ महिनादेखि हल्लिरहेका सहसचिव प्रेमप्रसाद भट्टराई कसूरजन्य सम्पत्ति विभागको महानिर्देशकमा व्यवस्थापन भएका छन्। उक्त विभागका महानिर्देशक सुरेश पन्थी भोजपुरको सिडिओ भएर गएपछि भट्टराई कसूरजन्यमा पुगेका हुन्। उनी दोहोऱ्याएर कसूरजन्य सम्पत्ति विभागको महानिर्देशक बनेका छन्।

३ महिनादेखि गृह मन्त्रालयको बरण्डामा ‘घाम तापिरहेका’ सहसचिवहरू केदारनाथ शर्मालाई जुम्ला, नेत्रप्रसाद सुवेदीलाई सल्यान र बासुदेव दाहाललाई रोल्पाको सिडिओमा पठाइएको छ। शर्मा पर्वत, सुवेदी बाग्लुङ्ग र दाहाल सिराहाको सिडिओबाट फिर्ता आएर गृह मन्त्रालयको बरण्डामा थन्किएका थिए।

२ महिनादेखि गृहको बरण्डामा रहेकी सुनिता नेपाल इलाम र बुद्धबहादुर गुरूङ डोटीको सिडिओमा खटाइएका छन्। नेपाल स्याङ्जा र गुरूङ लम्जुङ्गको सिडिओबाट गृहको जगेडामा आइपुगेका थिए। धनुषाको सिडिओबाट १ महिना अघि मात्र गृह मन्त्रालय तानिएका रामुराज कडरिया गोरखाको सिडिओ भएर गएका छन्। कास्कीको सिडिओबाट फर्किएका भरतमणि पाण्डे र महोत्तरीको सिडिओबाट फर्किएका लालबाबु कवारी भने गृह मन्त्रालयको जगेडामै छुटेका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ