उपप्रमुख माइक्रोबायोलोजिष्ट हुन खोजेका मिश्रमाथि लोकसेवाको ‘एक्सन’


काठमाडौं । लोकसेवा आयोगले स्वास्थ्य सेवाको  उपप्रमुख माइक्रोबायोलोजिष्ट पदको अन्तर्वार्ताको सूचीमा रहेका मनमोहन मिश्रमाथि एक्सन लिएको छ ।

नेपाल स्वास्थ्य सेवा, मे.ल्या.टे. समूह माइक्रोबायोलोजी उपसमूह, नवौं तह, उपप्रमुख माइक्रोबायोलोजिष्ट पदको लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका मिश्रले  अमिल्दो शैक्षिक योग्यता पेश गरेको भन्दै लोकसेवा आयोगले एक्सन लिएको हो ।

लोकसेवा आयोगले मिश्रले पेश गरेको शैक्षिक योग्यता नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को अनुसूचीमा उक्त सेवा समूह तथा पदका लागि तोकिएको शैक्षिक योग्यतासँग मिल्ने नदेखिएकाले उनको दरखास्त फारम तथा लिखित परीक्षा समेत रद्द गरी अन्तर्वार्ता सूचीबाट नाम हटाउने निर्णय गरेको हो ।

मिश्रसँगै उक्त पदमा तीनजनाले लिखित परीक्षामा नाम निकाली अन्तर्वार्ताका लागि छनौट भएका थिए । त्यसमध्ये मिश्रमाथि लोकसेवा आयोगले एक्सन लिएको छ ।

क्याटेगोरी : विविध, समाचार
ट्याग : ## अन्तर्वार्ता, ## एक्सन, ## मनमोहन मिश्र, ## माइक्रोबाइलोजिष्ट, ## लोकसेवा आयोग, ## शैक्षिक योग्यता अमिल्दो, ## स्वास्थ्य सेवा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com