नक्कली लाइसेन्स काण्डमा किर्ते मुद्दा लागेका सुरजप्रकाश अर्याल स्वास्थ्य मन्त्रालय भित्रिए

काठमाडौं। नक्कली लाइसेन्स काण्डमा किर्ते मुद्दा लागेका सुरजप्रकाश अर्याल स्वास्थ्य मन्त्रालय भित्रिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरूवा भएका अर्याल जिल्ला अदालतबाट ५ लाख रुपैयाँ धरौटीमा छुटेका हुन्। उनी हालै आईटी उपसचिव भएका थिए। काठमाडौं जिल्ला अदालतमा किर्ते मुद्दा चलिरहेका अर्याल उपसचिव हुनेबित्तिकै स्वास्थ्य मन्त्रालय भित्रिएका छन्।
गाडीले हानेर मान्छे मार्ने शशांक बस्याललाई नक्कली लाइसेन्स दिलाएर थुनामुक्त गराउने कार्यमा संलग्न रहेको भन्दै अर्यालविरुद्ध काठमाडौं जिल्ला अदालतमा किर्ते मुद्दा दायर भएको थियो। यातायात व्यवस्था विभागको कम्प्युटर इन्जिनियर हुँदा उनी नक्कली लाइसेन्स जारी गर्न संलग्न रहेको अभियोग लागेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले अर्यालविरुद्ध काठमाडौं जिल्ला अदालतमा किर्ते मुद्दा दायर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हुँदा सिआईबीको हिरासतमा पुगेका अर्यालमाथि भ्रष्टाचार मुद्दामा अख्तियार समेत छानबिन गरिरहेको छ। जिल्ला अदालतमा किर्ते मुद्दा विचाराधीन र भ्रष्टाचारमा अख्तियारले छानबिनमा गरिरहेका अर्याल उपसचिव भएसँगै स्वास्थ्य मन्त्रालय पुगेका हुन्।
क्याटेगोरी : समाचारट्याग : #नक्कली लाइसेन्स, #सुरज प्रकाश अर्याल, #सुरजप्रकाश अर्याल
तपाईको प्रतिक्रिया दिनुहोस