सुनिल पौडेल: जसलाई ‘नेसनल पेमेन्ट गेटेवे’ले एनआईटीसीको कार्यकारी निर्देशक बनायो, त्यसैले टेलिकमको एमडी खुस्कायो


काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)को कार्यकारी निर्देशक हुँदै नेपाल टेलिकमको प्रबन्ध निर्देशक बनेका सुनिल पौडेलको एउटा अध्याय समाप्त भएको छ ।
एनआईटीसीको कार्यकारी निर्देशक बन्न कैं लागि ‘नेसनल पेमेन्ट गेटवे’मा घोटाला गरेका सुनिल पौडेल अन्ततः भ्रष्टाचारी ठहर भएका छन् । उनले छदाखादाको नेपाल टेलिकमले प्रबन्ध निर्देशक (एमडी) पद समेत गुमाएका छन् । ‘नेसनल पेमेन्ट गेटवे’ सिस्टमले नै सुनिललाई एनआईटीसीको कार्यकारी निर्देशक बनायो । त्यसैको जगमा उनी नेपाल टेलिकमको एमडी समेत बन्न भ्याए । अहिले ‘नेसनल पेमेन्ट गेटवे’ सिस्टममै भ्रष्टाचारी ठहर भएर सुनिलले नेपाल टेलिकमको एमडी पद समेत गुमाउनु परेको हो ।
विकल पौडेल सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक बनेपछि सुनिल पौडेल एनआईटीसीको सहायक निर्देशक बने । नेपाल कांग्रेसका एक प्रभावशाली नेताकी आमोद उपाध्यायक छोराबुहारी प्रणिता उपाध्याय एनआईटीसीको कार्यकारी निर्देशक भएकाले विकलले त्यो पद नताकी सुरक्षण मुद्रण केन्द्र खडा गरेर त्यता ‘जम्प’ हानिसकेका थिए । त्यो भनेको सुनिललाई प्रणितापछि एनआईटीसीको कार्यकारी निर्देशक बन्ने बाटो खुला हुनु हो ।
प्रणिताको कार्यकाल सकिन लाग्दा झन्डै २४ करोड ‘नेसनल पेमेन्ट गेटवे’ सिस्टम खरिद प्रक्रिया अघि बढ्यो । त्यसको हर्ताकर्ताका रुपमा सुनिल पौडेल देखिएपनि ‘माइक्रो म्यानेजमेन्ट’ विकल पौडेलले गरेका थिए । किनकी सुनिललाई जसरी पनि एनआईटीसीको कार्यकारी निर्देशक बनाउने विकलको योजना थियो । प्रणिता हटेपछि निमित्तको जिम्मेवारी कांग्रेस निकट पूर्वसीडीओ योगराज पौडेलका छोरा सुनिलले पाए । त्यसैबेला २४ करोडको ‘नेसनल पेमेन्ट गेटवे’को ठेक्का सुइक्याए ।
सुनिल एनआईटीसीको कार्यकारी निर्देशक नियुक्त हुँदा सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा गोकुल बाँस्कोटा र सचिवमा महेन्द्रमान गुरुङ रहेका थिए ।
एनआईटीसीको कार्यकारी निर्देशक बन्नकै लागि दोब्बर लागत अनुमान तयार पारेर ‘नेसनल पेमेन्ट गेटवे’ सिस्टम खरिद गरियो । ‘नेसनल पेमेन्ट गेटवे’सिस्टम अहिलेसम्म पनि चलेको छैन । त्यो सिस्टम चलाउनका लागि भन्दा पनि सुनिललाई एनआईटीसीको कार्यकारी निर्देशक बनाउन खरिद गरिएको थियो । सुनिल एनआईटीसीको कार्यकारी निर्देशक बने । २४ करोडमा खरिद गरिएको ‘नेसनल पेमेन्ट गेटवे’ सिस्टम अलपत्र बन्यो । राज्यको लगानी बालुवामा पानी सरह भयो । अहिले उक्त सिस्टमले सुनिललाई जेलमा ‘कोच्ने’ स्थितिमा पुऱ्याएको छ ।
सुनिलले एनआईटीसीको कार्यकारी निर्देशक बन्दा ७ बढी खर्च गरेको दाबी गर्दै आएका छन् । सञ्चार मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्वलाई मात्र ५-७ करोड बुझाएर उनी एनआईटीसीको कार्यकारी निर्देशक बनेको उनको दाबी रहँदै आएको  छ । त्यो रकम ‘नेसनल पेमेन्ट गेटवे’ सिस्टम खरिदबाटै व्यवस्थापन गरिएको थियो भन्ने कुरा ‘ओपन सेक्रेट’ जस्तै छ ।
‘नेसनल पेमेन्ट गेटवे’ सिस्टमको लगानीबाटै एनआईटीसीको कार्यकारी निर्देशक बनेका सुनिल त्यसैको भ्रष्टाचार काण्ड नेपाल टेलिकमको एमडीबाट हात धुन बाध्य भएका छन् । एनआईटीसीको कार्यकारी निर्देशकको पदावधि पूरा नहुँदै सुनिल टेलिकमको एमडी बनेका थिए । उनी टेलिकमको एमडी बन्दा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र सचिव डा. बैकुण्ठ अर्याल रहेका थिए ।

एनआईटीसीको कार्यकारी निर्देशक बन्नै ५-७ करोड खर्च गरेको दाबी गर्ने सुनिलले नेपाल टेलिकमको एमडी बन्न कति गरे यो खोजीको विषय हो । सुनिल नेपाल टेलिकमको एमडी बनेलगत्तै बिलिङ सिस्टम चिलिम पारिएकाले थप शंकास्पद बन्न पुगेको छ । अकुत सम्पत्ति आर्जनको छानबिनमा अख्तियारको हिरासतमा रहेका सुनिललाई यो विषयमा उसैले पनि सोधखोज गर्न सक्छ । अब म यसै सकिए उसै सकिए भनेर सुनिलले आँट गरे पनि नियुक्ति दिने र दिलाउने धेरैको मुखुण्डो उत्रिने देखिन्छ । भ्रष्टाचारी सुनिल पौडेलले यो साहस गर्न सम्भावना जीवितै छ ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #आइटी माफिया विकल पौडेल सुनिल पौडेल, #गोकुल बाँस्कोटा, #ज्ञानेन्द्रबहादुर कार्की, #नेपाल टेलिकम, #नेसनल पेमेन्ट गेटवे, #महेन्द्रमान गुरुङ, #मुख्यसचिव डा. बैकुण्ठ अर्याल, #राष्ट्रिय सूचना प्रविधि केन्द्र, #सुनिल पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com