डोटी, नवलपरासी, इलाम हुँदै खोटाङको सिडिओ बनेकी कल्पना श्रेष्ठ

काठमाडौं। २०७८ चैतमा महिला कोटाबाट सहसचिव बनेकी कल्पना श्रेष्ठ लगातार ४ जिल्लाको कमाण्ड सम्हाल्न सफल भएकी छिन्। उनी डोटी, नवलपरासी, इलाम हुँदै खोटाङको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बन्न सफल भएकी हुन्। कल्पनासँगै सहसचिव भएका सुरेश पन्थी भोजपुरको सिडिओ बन्दा उनी छिमेकी जिल्ला खोटाङको सिडिओ बनेर जाने भएकी छिन्।
सहसचिव भएको ३ महिनामै ‘ख’ वर्गको डोटी जिल्लाको सिडिओ बनेकी कल्पना ‘ख’ वर्ग कै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र इलामको सिडिओ बनिन्। अहिले भने ‘ग’ वर्गको जिल्ला खोटाङको सिडिओ बनेर जाने भएकी हुन्।
२०७९ साल असार ६ गतेदेखि डोटी जिल्लाको सिडिओ बनेकी कल्पना २०८० असार ७ गतेसम्म १ वर्ष पूरा गरेर नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को सिडिओ बनेर गइन्। २०८० असार ११ गते नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कमाण्ड सम्हालेकी उनले २०८१ जेठ १८ गतेसम्म झन्डै १ वर्ष उक्त जिल्लाको सिडिओ चलाइन्। त्यसपछि कल्पना इलामको सिडिओ बनेर गइन्।
२०८१ जेठ १६ गतेको गृहमन्त्रीस्तरीय निर्णयबाट इलामको सिडिओ भएर गएकी कल्पना १ वर्ष बढी कमाण्ड सम्हाल्न सफल भइन्। कल्पना असार पहिलो साता इलामबाट गृह मन्त्रालय आएकी हुन्। असार अन्तिम साता उनी इलामको सिडिओमा सरूवा भएकी छिन्। कल्पनाले सिडिओ हाँकेका जिल्लामा १ वर्ष चलाउन सफल भएकी छिन्। उनी खोटाङमा भने कति बस्छिन् हेर्न बाँकी छ।
ट्याग : ## जिल्ला प्रशासन कार्यालय, #कल्पना श्रेष्ठ, #सिडिओ कल्पना श्रेष्ठ
तपाईको प्रतिक्रिया दिनुहोस