कोरोनाकालमा एक प्रदेश सांसदको अगुवाईमा ३ अर्बको सरकारी जग्गा जोगियो


काठमाडौं । कोरोनाकालका काठमाडौंको कुनै जनप्रतिनिधिले सरकारी जग्गा ‘मास्ने-बेच्ने’ काम गरे । कुनै जनप्रतिनिधि भने सरकारी जग्गा जोगाउन लागेको पाइन्छ ।

बागमती प्रदेश काठमाडौं क्षेत्र नम्बर १ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले कोरोनाकालमै १८ रोपनी बढी जग्गा फिर्ता ल्याउन सफल भएका छन् । एउटा प्रदेश सांसदले यतिको काम गर्नु ठूलै कुरा हो ।

कोरोनाको मौका छोप्दै नेपाली कांग्रेसबाटै जनप्रतिनिधि बनेकाहरुले सरकारी जग्गा हिनामिना गर्दा प्रदेश सांसद दिपेन्द्र भने सरकारी जग्गा संरक्षण र अतिक्रमित संरचना हटाउने कार्यमा सक्रिय थिए । उनको पहलमा झन्डै ३ अर्बको राज्यको सम्पत्ति जोगिएको पाइएको छ ।  काठमाडौं महानगरपालिका वडा नम्बर १० र ११ को १८ रोपनी सरकारी जग्गा सांसद दिपेन्द्रको अगुवाईमा संरक्षण भएको पाइएको हो ।

बानेश्वर, देवीनगर, बबरमहल वसन्तनगर, बुद्धनगरलगायतका क्षेत्रमा व्यक्ति विशेषले हडपेका सरकारी जग्गा प्रदेश सांसद दिपेन्द्र श्रेष्ठ कै अगुवाईमा संरक्षण र अतिक्रमण हटाइएको हो । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले हडपेको सरकारी जग्गा खोजबिन गर्नेदेखि व्यापारी दिपक मल्होत्राले हडपेको सरकारी जग्गामा डोजर लगाउनेसम्मको काम उनले गरेका छन् ।

बबरमहल वसन्तनगर किङ्स कलेजसँगै रहेको ओलम्पिया स्कुलले ३ रोपनी जग्गा हडपेको थियो । उक्त सरकारी जग्गा कब्जा व्यापारी दिपक मल्होत्रा संरचना बनाइ ओलम्पिया स्कुललाई भाडामा लगाएका थिए । त्यो संरचनामा काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्यले असहयोग गर्दागर्दै प्रदेश सांसद दिपेन्द्रले डोजर लगाएर खाली गराएका हुन् । त्योसँगै पूर्व उपसचिव सुरज डोटेलले हडपेको झन्डै एक रोपनी जग्गामा पनि उनले डोजर लगाएर सार्वजनिक संरक्षणमा ल्याएका छन् । त्यो ठाउँमा रहेको ४ रोपनी जग्गामा मंगलादेवी पार्क बनाउने दिपेन्द्रको तयारी छ ।

नर्भिक अस्पतालले अनधिकृत रुपले हत्याएको सरकारी जग्गाको तथ्य पनि दिपेन्द्रले नै बाहिर ल्याएका हुन् । दिपेन्द्रले उक्त तथ्य सार्वजनिक गरेपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह उनको अभियानमा जोडिएका हुन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० बुद्धनगरमा भूमाफिया जेएन तण्डुकारले हडपेको सरकारी जग्गामा मकै भाँचेर संरक्षण गर्ने पनि दिपेन्द्र नै हुन् । २ रोपनी बढी सरकारी जग्गा उनको अगुवाइमा मुद्दा लडेर अदालतबाट सरकारको नाममा फिर्ता ल्याइएको हो । उक्त ठाउँमा स्वास्थ्य पार्क बनाउन पर्यटनमन्त्रीको हैसियतमा दिपेन्द्रले बजेट समेत हालेका छन् ।

बुद्धनगरको जोगी कुटीको व्यक्ति विशेषले खाएको १ रोपनी बढी जग्गा पनि दिपेन्द्र कै अगुवाइमा अदालतबाट सरकारको नाममा फिर्ता आएको हो । उक्त ठाउँमा सुन्दर पार्क बनिसकेको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरमा भूमाफिया इन्द्र चाम्लिङ, एमाले नेता हेमराज घिसिङ, पूर्वमधेश प्रदेश प्रमुख डा. राजेश झा अहिराजलगायतले हडपेको ७ रोपनी सरकारी जग्गा जोगाउने अभियानको नेतृत्व समेत उनै दिपेन्द्र गरेका हुन् । त्यो ठाउँमा हरियाली पार्क बनाउन उनी अग्रसर छन् ।

अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुलले हडपेको १ रोपनी बढी सरकारी जग्गा संरक्षण गर्न पनि दिपेन्द्र अग्रसर भएका थिए । केही जनप्रतिनिधिले सरकारी जग्गामा बदमासी गरेपछि प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर १ का सदस्य प्रकाशमान सिंहको नाम जोड्ने प्रयास भएको छ । तर, प्रकाशमान कै सल्लाह र निर्देशनमा दिपेन्द्र ती जग्गा संरक्षणमा अघि सरेका हुन् ।

१८ रोपनी सरकारी जग्गा संरक्षणमा प्रकाशमानको साथ नभएको भए दिपेन्द्रका लागि निकै चुनौतीपूर्ण कदम हुने थियो । प्रकाशमान कै साथले दिपेन्द्रका लागि यो कुरा सम्भव भएको हो । त्यसैले प्रकाशमानमाथि गलत आक्षेप लगाउन नहुने टिप्पणी हुन थालेको छ ।

 

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #दिपेन्द्र श्रेष्ठ प्रदेश सांसद, #नर्भिक अस्पताल, #बुद्धनगरस्थित सरकारी जग्गा, #व्यापारी दिपक मल्होत्रा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com