हुलाक समूहबाट आएका प्रशासनका बहालवाला सचिव र सहसचिवहरू

काठमाडौं। हुलाक समूहबाट छिरेर नेपाल प्रशासन सेवाको सचिव र सहसचिव पदमा डेढ दर्जन अधिकारीहरू कार्यरत रहेका छन्। सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मुकुन्दप्रसाद निरौलादेखि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्मासम्म हुलाक समूहबाटै सरकारी सेवामा प्रवेश गरेका हुन्। हुलाक समूहको अधिकृत हुँदै उनीहरू नेपाल प्रशासन सेवाको सचिव हुन सफल भएका छन्।
यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलदेखि अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीसम्म हुलाक समूहबाटै आएका हुन्। त्यस्तै भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शिवप्रसाद रेग्मी पनि हुलाकबाटै आएका हुन्। बहालवाला प्रशासन सेवाका सहसचिवहरू शैलजा रेग्मी भट्टराई, सेवन्तराज दाहाल, जितेन्द्र बस्नेत, राजेन्द्र केसी, छबिलाल रिजाल, बद्रीनाथ अधिकारी, ईन्द्रप्रसाद बस्याल, तेजप्रसाद दाहाल, बाबुराम भण्डारी, जयकुमार घिमिरे, चिरन्जीवी तिम्सिना, कविन्द्र नेपाल र एकदेव अधिकारी पनि हुलाक समूहबाटै उदाएका हुन्। तीमध्ये शैलजा रेग्मी भट्टराई, सेवन्तराज दाहाल, बद्रीनाथ अधिकारी र इन्द्रप्रसाद बस्याल चालू आर्थिक वर्षमा ५८ वर्ष लागेर अनिवार्य अवकाशमा जाँदैछन्।
सहसचिव शैलजा रेग्मी भट्टराई राष्ट्रपति कार्यालयमा कार्यरत छिन्। सेवन्तराज दाहाल राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, जितेन्द्र बस्नेत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र छबिलाल रिजाल गृह मन्त्रालयमा कार्यरत छन्। राजेन्द्र केसी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत छन्।
सहसचिव तेजप्रसाद दाहाल लोक सेवा आयोग, पोखरा कार्यालयका प्रमुख छन्। सहसचिव जयकुमार घिमिरे मधेश प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका सचिव छन्। सहसचिव बाबुराम भण्डारी लुम्बिनी प्रदेश लोक सेवा आयोगका सचिव हुन्। चिरन्जीवी तिम्सिना, भन्सार जाँचपास परीक्षण कार्यालय प्रमुख छन्। कविन्द्र नेपाल लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवको भूमिकामा छन्। एकदेव अधिकारी कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव हुन्। त्यस्तै कविन्द्र नेपाल लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको भूमिकामा छन्। बद्रीनाथ अधिकारी गण्डकी प्रदेश प्रमुखको कार्यालय र इन्द्रप्रसाद बस्याल उद्योग तथा पर्यटन मन्त्रालयको सचिवको जिम्मेवारीमा रहेका छन्।
२०५१ सालमा हुलाक समूहबाट सेवा प्रवेश गरेका केदारनाथ शर्मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव छन् भने उनकै ‘ब्याची’ अर्जुनप्रसाद पोखरेल भूमि मन्त्रालयको सचिवबाटै सेवा निवृत्त भएका हुन्।
२०५६ सालमा हुलाक अधिकृत भएका मुकुन्दप्रसाद निरौला हाल सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव छन भने सोही ‘ब्याच’का दिपक कोईराला र अर्जुन निरौला उपसचिवमै अड्किएका छन्।
२०५३ सालमा हुलाकको अधिकृत भएका छबिलाल रिजाल हाल गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख छन् भने उनका ‘ब्याची’ रघुराम बिष्ट सचिव पदबाट हालै सेवानिवृत भएर सार्वजनिक खरिद पुनरावलोकन समितिका अध्यक्ष बन्न सफल भएका छन्। उनीहरू कै हुलाकी ‘ब्याची’ सूर्यबहादुर खत्री पनि सहसचिवबाट अवकाश भएका हुन्।
२०५५ सालका हुलाक अधिकृत राजिव पोखरेल यातायात व्यवस्था विभागको महानिर्देशक हुँदा उनका ‘ब्याची’ कविन्द्र नेपाल प्रदेश सचिव र चिरन्जीवी तिम्सिना भन्सार जाँचपास परीक्षण कार्यालय प्रमुखको भूमिकामा छन्। उनीहरू कै हुलाकी ‘ब्याची’ तोयनारायण ज्ञवाली सचिवबाट सेवानिवृत्त भइसकेका छन्।
२०५९ सालमा हुलाक समूहको शाखा अधिकृत भएका एकदेव अधिकारी हालै खुलाबाट सहसचिव भएर कोशी प्रदेश पुगेका छन्। उनका ‘ब्याची’ बिश्वराज न्यौपाने, रामदत्त पाण्डे, चेतराज बराल, माधवप्रसाद शर्मा, मित्रलाल अधिकारी, तुलसीराम पौडेल र अग्नी अधिकारी उपसचिवमै चित्त बुझाईरहेका छन्।
२०६१ सालमा हुलाक अधिकृत बनेका जितेन्द्र बस्नेत प्रशासन सेवाको सहसचिव भएर काठमाडौंको सिडिओ हुँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेका छन्। लोक सेवा आयोग मार्फत हुलाक समूहको विज्ञापनमा आवेदन दिएर सामान्य प्रशासन समूहको शाखा अधिकृत पड्काउने भाग्यमानी रामचन्द्र तिवारी हालै अध्यागमन विभागको महानिर्देशक बनेका हुन्। उनकै ‘ब्याची’ विश्वराज मरासिनी उपसचिवमै आधा दर्जन भ्रष्टाचारका मुद्दा खेपिरहेका छन्। यिनीहरूले लोक सेवाको फारम भर्दा हुलाक समूहमा भरेता पनि नतिजा प्रकाशन गर्दा सरकारले हुलाक समूह खारेज गरि सामान्य प्रशासन समूहमा गाभिसकेका कारण सोही समूहमा नियुक्ति पाएका थिए। रामचन्द्र अहिलेको युगमा समेत शक्तिशाली देखिन्छन्। उनी गृहका चल्तापुर्जा सहसचिव हुन्। त्यसैले उद्योगको डिजी, सुनसरीको सिडिओ, गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुख हुँदै अध्यागमनको डिजी बन्न सफल भएका छन्।
क्याटेगोरी : समाचारट्याग : #ईन्द्रप्रसाद बस्याल, #एकदेव अधिकारी, #कविन्द्र नेपाल, #केदारनाथ शर्मा, #चिरन्जीवी तिम्सिना, #छबिलाल रिजाल, #जयकुमार घिमिरे, #जितेन्द्र बस्नेत, #तेजप्रसाद दाहाल, #बद्रीनाथ अधिकारी, #बाबुराम भण्डारी, #मुकुन्द प्रसाद निरौला, #राजिव पोखरेल, #राजेन्द्र केसी, #रामचन्द्र तिवारी, #शिवप्रसाद रेग्मी, #शैलजा रेग्मी भट्टराई, #सेवन्तराज दाहाल, #हुलाक समूह 'हुलाकी'
तपाईको प्रतिक्रिया दिनुहोस